काठमाडौं । भोलिदेखि सुरू हुने नाडा अटो शो २०२५ मा फोटोन र सोकोनको गाडी खरिदमा आकर्षक अफर पाइने भएको छ ।
फोटोन र सोकोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमशिर्यलले नाडा अटो शोलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको हो ।
कम्पनीका अनुसार अटो शोमा फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम वान र सोकोन ईभी भ्यान खरिद गर्नेले विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू पाउने भएका हुन् ।
कम्पनीले टीएम वानमा ६ लाख ७५ हजार रुपैयाँ छुट दिएको छ । हाल ३३ लाख ७४ हजार रुपैयाँमा बिक्री भइरहेको टीएम वान नाडामा २६ लाख ९९ हजार रुपैयाँमै किन्न पाइने छ ।
त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम वान वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको बीमा, क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी पाउने छन् ।
साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहने छ ।
यी संयुक्त अफरहरू बाहेक हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँसम्मको शपिङ कुपन, ३ वर्षसम्म पाट्र्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा सुविधा पाउने छन् ।
त्यस्तै, माउन्टेन ईभी भ्यान खरिदमा ५५ इन्च स्मार्ट टीभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज पाउने छन् ।
सोकोन ईभी भ्यानमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टीभी पाउने कम्पनीले जनाएको छ ।
नाडा अटोशो २०२५ मा फोटोनको टुनल्यान्ड पिकअपको स्टल ए ७, फोटोन माउन्टेन ईभी र टीएम वान एबम्स्टलको जे ६ र सोकोन ईभी भ्यान स्टल जे ४ मा रहेको छ ।

