२०% भ्यालुएड गर्ने गाडी उद्योगलाई २५% कर छुट दिन सकिन्छः अर्थमन्त्री

Not found

सरकारले दिएको छुट गलत तरिकाले लिन खोजियो

काठमाडौं । सरकारले निजी सवारी साधनमा इलेक्ट्रीक र हाइब्रिड गाडीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न नीति बनाएर हाइब्रिडमा कर छुट दिएकाे भएपनि व्यापारीले त्यसको गलत तरिकाले फाईदा लिन खोजेको भन्दै अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले रोष प्रकट गरेका छन् ।

नेपालमा नै बिद्युतीय गाडी उत्पादन गर्न चाहनेले कम्तीमा २० प्रतिशतसम्म भ्यालु एड गर्नु पर्ने र त्यस्ता उद्योगलाई २०/२५ प्रतिशत कर छुट दिन सकिने भन्दै त्योभन्दा कममा उद्योग चलाउने कुरा गरेर केही फाइदा नहुने उनले बताए । 

१४ औँ संस्करणको नाडा अटो शो २०१९ को कामठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै अर्थमन्त्रीले उक्त कुरा बताएका हुन् । 

सरकारको मर्म र भावना अनुसार काम गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । 

पूर्वाधार निर्माणमा इतिहाासमै सबैभन्दा धेरै बजेट छुट्टाएको भन्दै उनले सडक सुरक्षा वापत उठेको कर त्यहि क्षेत्रमा खर्च गर्न सम्बन्धीत मन्त्रालयलाई भनिएको उनले जानकारी दिए ।

आजबाट सुरु भएको नाडा अटो शो ६ दिनसम्म चल्ने छ । मेलामा बिभिन्न कम्पनीले आफ्नो नयाँ नयाँ उत्पादन सार्वजनिक गर्दैछन् ।



image not found