दशैंमा सेनाको २१ वटा निःशुल्क बस, यस्तो छ रुट

Not found

काठमाडौं । दशैंको टिकाको दिन सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टिकाको दिन सामान्यतया सार्वजनिक सवारी नचल्ने भएकाले आम–नागरिकमा सुविधा प्रदान गर्न २१ वटा बस सञ्चालन गर्न लागेको हो । 

नेपाल सेनाले २१ वटा बस ७ वटा रुटमा सञ्चालन गर्न लागेको सेनाका प्रवक्ता यमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार टिकाको दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बस सञ्चालन गरिने छ । 

विगतमा जस्तै सेनाले यो पटक पनि बस सञ्चालन गर्न लागेको हो । यो पटक विगतको भन्दा बढि संख्यामा बस निःशुल्क गुडाउन लागिएको ढकालले बताए । 

‘यस पटक विगतको तुलनामा बढि गाडी गुडाउदै छौँ, सर्वसाधनलाई सवारीको समस्या नपरोस् भनेर प्रत्येक वर्ष सेनाले निःशुल्क बस गुडाउदै आएको छ,’ ढकालले मेरोअटोसँग भने । 

यस्तो छ रुट




image not found