अब नेपाल एयरलाइन्सबाट ४५ हजारमै जापान जान पाइने

काठडमौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट जापनको ओसाका उडानको भाडा निर्धारण गरेको छ । एयरलाइन्सले काठमाडौं–ओसाकाका भाडा ४५ हजार रुपैयाँ तोको छ । नेपाल एयरलाइन्सले जापानको नागरिक उड्डयन नियमकले स्वीकृत गरेको भाडादर नै लागू गर्ने भएको हो ।

नेपाल एयरलाइन्सले असार १९ गतेदेखि उडान शुरु गर्ने घोषणा गरेको छ । एयरलाइन्सले एकतर्फि भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार हुने जनाएको छ ।

एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका सातामा तीन सिधा उडान गर्ने छ । एयरलाइन्सले लामो गन्तव्यमा उडाने भन्दै ल्याएको वाइडबडीले गन्तव्य नापाउँदा छोटो दुरीकै गन्तव्यमा आधा क्षमतामा उडिरहेका छन् ।

नेपाल एयरलाइन्सले १३ वर्षदेखिको जापान उडान सन् २००७ मा बन्द गरेको थियो । सिधा हवाइ सम्पर्क टुटेपछि जापानबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ओरालो लागिरहेको छ ।

जापानसँग भएको सम्झौताअनुसार अबदेखि साताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ । नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् ।

नेपाल–जापान सिधा उडान भएपछि नेपालबाट जापानमा अध्ययन गर्न गएका विद्यार्थीहरुलाई ठूलो राहत हुने अनुमान गरिएको छ ।


Back_to_top