पहिलेभन्दा धेरै पावरफुल इन्जिनमा आयो बजाज डोमिनार

Not found

बजाज अटोले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको बजाज डोमिनारको इन्जिन तथा बिभिन्न फिचर भएको ब्रसर सार्वजनिक भएको छ । बजाज डोमिनार २०१९ को यसभन्दा अघि पनि नयाँ डोमिनारको बिभिन्न फिचरहरु सार्वजनिक भएका थिए । 

बजाज डोमिनार २०१९ मा रहेको ३७३ सीसी ४ स्ट्रोक सिगंल सिलिन्डर लिक्वीड– एयर कूल्ड इन्जिनले ८६५० आरपीएममा ३९.९ पीएस पावर तथा ७००० आरपीएममा ३५ एनएम टर्क जनेरेट गर्छ । 

पुरानो भर्सन डोमिनारले ३५ पीएस तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । नयाँ डोमिनारको इन्जिन पर्फमेन्समा निकै सुधार गरिएको छ । यसका साथै यसको आरपीएम लिमिटसमेत बढाइएको छ, जुन १० हजार आरपीएम बनाइएको छ ।

हालको डोमिनारमा आरपीएम लिमिटर ९ हजार आरपीएम रहेको छ । बाइकको लेन्थ, हाइट, ह्वीलवेस, ग्राउन्ड क्लियरेन्समा कुनै परिर्वतन गरिएको छैन । ६ स्पीडको ट्रान्समिसन जडित यो बाइकमा १३ लिटर क्षमताको इन्धन ट्यांक दिइएको छ । डबल च्यानल एबीएस सेवा उपलब्ध रहेको यो बाइकमा फ्रन्टमा ३२० र रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । 

डोमिनार २०१९ ले बिएमडब्ल्यू ३१० आर, महिन्द्रा मोजो, रोयल इन्फिल्ड ३५० क्लासीक जस्ता बाइकसँग प्रतिस्प्रधा गर्ने छ । बाइकको मूल्य हालको डोमिनारभन्दा २५ हजार भारतीय रुपैयाँले महँगो पर्ने अनुमान गरिएको छ ।



image not found