नयाँ इन्जिन, थुप्रै सुरक्षा फिचर र आकर्षक डिजाइनमा आयो मारुती सुजुकी इको

मारुती सुजुकी इकोको परिमार्जित संस्करण सार्वजनिक भएको छ । मेकानिकल परिमार्जनसँगै नयाँ इन्जिन र डिजाइनमा आएको नयाँ इकोको सुरुवाति मूल्य ३ लाख ६१ हजार भारु रहने कम्पनीले जनाएको छ ।  

नयाँ इकोमा ड्राइभर साइड एयरब्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर, फ्रन्ट सिटबेल्ट रिमाइन्डर, हाइ स्पीड अलर्ट लगायतका विशेषता थपिएका छन् । 

यसमा १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ७३ हर्ष पावरका साथै १०१ एनएम टर्क उत्पादनको क्षमता राख्छ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा यो बजारमा आएको छ ।

कम्पनीले यस मिनी भ्यानको फ्रन्टमा इन्र्टग्रेटेड फ्रन्ट रो, इन्जिन म्यानेजमेन्ट सिस्टम, हेडल्याम्प लेभलिङ, डाइगोनल शिफ्ट असिस्टेन्स, डिजिटल ट्रीप मिटर, साइड इम्प्याक्ट बिम र हाइ माउन्टेड स्टप ल्याम्पलगायतका विशेषता थप गरेको छ ।

अहिले नेपली बजारमा मारुतीको माइक्रो भ्यान इको सर्वाधिक बिक्री हुने भ्यान हो । अफिस प्रयोजनको लागि यसको बिक्री भइरहेको छ । 


Back_to_top