यस्तो छ बजाजको सबै मोटरसाइकलको नयाँ मूल्यसूची

Not found

काठमाडौं । बजाजको लागि नेपालको आधिकारिक विरतक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा बिक्री गर्दै आएको बजाज मोटरसाइकलको मूल्यमा परिमार्जन गरेको छ । 

बजाजको पल्सर सिरिज, एनएस सिरिज, एभेन्जर, प्लाटिना, डोमिनार र डिस्कभरको बिक्री वितरण गर्दै आएको छ । अहिले बजारमा कम्पनीले विभिन्न मोडलका १८ भेरियन्टमा मोटरसाइकल बिक्री गर्दै आएको हो । 

यसैबीच बजाजले चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिरसम्ममा पाँच नयाँ मोटरसाइकल नेपालमा एसेम्बल गरेको छ । पल्सर एनएस १६० एबीएस, एनएस २०० एबीएस, २०० एनएस एफआई, एनएस २०० एफआई तथा एबीएस र डोमिनार ४०० कम्पनीले ल्याएका नयाँ मोडल हुन् । 

कम्पनीले बिक्री गर्दै आएको आफ्नो सबैभन्दा सस्तो बाइक प्लाटिनाको मूल्य गत साउनको तुलनामा मंसिरमा एक हजार रुपैयाँले बढाएर १ लाख ६५ हजार  ९ सय रुपैयाँ पुर्याएको छ । 

यसैगरी, डिस्कभर १२५ को ड्रम र डिस्क भेरियन्टको मूल्य समेत केही बढेको छ । चार हजार मूल्य बढेको १२५ ड्रम १ लाख ८७ हजार ९ सय र तीन हजार मूल्य वृद्धि भएको डिस्क भेरियन्ट १ लाख ९४ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको छ । 

यस्तै कम्पनीले डिस्कभर एसटीमा तीन हजार, १५० पल्सरमा र सोही रेन्जको टिडीमा २ हजार रुपैयाँले मूल्य बढाएको छ । यी मोडलका अलवा अन्य बाइकको मूल्यसूची भने यथावत रहेको छ । तर कम्पनीले डोमिनार भने नेपालमा उत्पादन सुरु गरेसँगै ६० हजार रुपैयाँ मूल्य घटाएको छ । 

यस्तो छ नयाँ मूल्यसूची




image not found