‘नेक्स्ट जेन’ हुन्डाई क्रेटामा हुँदैछ यस्ता परिवर्तन, जान्नुहोस् १० तथ्य

Not found

कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले भारतीय बजारमा ४ वर्ष अघि क्रेटा सार्वजनिक गरेको थियो । हुन्डाई क्रेटा कम्पनीको सबैभन्दा सफल मध्येको एउटा उत्पादन हो । 

हुन्डाई क्रेटा भारतीय बजारमा मासिक १० हजार वटा बिक्री हुँदै आएको छ । नेपाली बजारमा पनि हुन्डाईको क्रेटा निक्कै चर्चित र लोकप्रिय रहेको छ ।

सार्वजनिक भएयता क्रेटामा ठूलो परिवर्तन गरिएको छैन । फेसलिफ्ट मोडल सार्वजनिक हुँदा सामान्य परिवर्तन गरि ल्याइएको थियो । यस्तैमा हुन्डाईले नेक्स्ट जेनेरेसन क्रेटा ल्याउने तयारी गरेको छ । 

हुन्डाईले भारतीय बजारमा २०२० को अन्त्य वा २०२१ को सुरुमा नयाँ क्रेटा सार्वजनिक गर्ने योजना बनाएको छ । 

अल न्यू प्लेटफर्म

हुन्डाईले नेक्स्ट जेन क्रेटा नयाँ प्लेटफर्ममा बनाउने भएको छ । यसका लागि हुन्डाईले कियाको एसपी कन्सेप्ट वेसको प्लेटफर्ममा प्रयोग गर्ने उल्लेख गरेको छ । यो प्लेटफर्म पनि कियाले हुन्डाई क्रेटाकै प्लेटफर्ममा आधारित रहेर बनाएको थियो । 

अपडेट इन्जिन लाइनअप

हुन्डाईको नयाँ क्रेटा पावरबारे धेरै कुरा बाहिर त आएको छैन । तर यसमा १.५ लिटर पेट्रोल इन्जिन र डिजेल इन्जिनमा आउने अनुमान गरिएको छ । किया एसपी २आइ वा हालकै क्रेटाको इन्जिनलाई बीएस–६ इन्जिनमा उपग्रेड गरि ल्याउन सक्ने अनुमान समेत भएको छ । 

क्रेटाको नयाँ इन्जिन कियाको आन्द्र प्रदेशमा रहेको प्लान्टबाट उत्पादन समेत हुनसक्छ । 

सात सिट अप्सन

हुन्डाई क्रेटा हाल ५ सिट क्षमतामा उत्पादन हुँदै आएको छ । नेक्स्ट जेन हुन्डाई क्रेटा भने ५ तथा ७ सिट क्षमता दुवैमा उपलब्ध हुनेछ । ५ सिटे क्रेटाले टाटा ह्यारियर, निसान किक्ससँग प्रतिस्पर्धा गर्ने छ भने ७ सिट क्षमताको क्रेटाले टाटा एच७एक्स, जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने छ । 

विगर प्रोपर्सन

हालको हुन्डाई क्रेटाको तुलनामा नेक्स्ट जेन क्रेटा डाइमेन्सनमा केही ठूलो हुनेछ । जसका कारण हुन्डाईले नयाँ क्रेटामा धेरै स्पेस बनाउन सक्छ । 

न्यू ग्लोबल डिजाइन

नेक्स्ट जेन क्रेटा हुन्डाईको नयाँ डिजाइन फिलोसोफीमा आधारित हुनेछ । यस्तो डिजाइन फिलोसोफीमा हुन्डाईले कोना पनि बनाएको छ । नयाँ क्रेटाको स्वरुपमा निक्कै परिमार्जन गर्ने हुन्डाईले जनाएको छ । 

मोर प्रिमियम अन द इनसाइड

एक्सटेरियरमा जस्तै नयाँ क्रेटाको इन्टेरियरमा पनि धेरै परिमार्जन हुनेछ । नेक्स्ट जेन क्रेटाको ड्यासबोर्ड नयाँ डिजाइनको बन्नेछ । ठूलो डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिस्टम, पानारोमिक सनरुफ, हाइट मिलाउन सकिने ड्राइभर सिट लगायतका विशेषता समावेस हुनेछ । 

सुरक्षा विशेषता विस्तार

नयाँ क्रेटामा ६ वटा एयरब्याग हुनेछ । त्यस्तै इबीडी सहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, ट्राक्सन कन्ट्रोस समेत हुने कम्पनीले जनाएको छ । 

अधिक व्यवहारिक

हुन्डाईले नेक्स्ट जेन क्रेटामा पनि अहिलेको जस्तै व्यवहारिक बुट स्पेस दिनेछ । हालको क्रेटामा ४ सय लिटरको बुट स्पेस रहेको छ जसलाई सिट सारेर बढाउन समेत सकिन्छ । नयाँ क्रेटामा समेत यस्तै सुविधा उपलब्ध हुनेछ । 

माथिल्लो लेवलका उपभोक्ता केन्द्रीत

हुन्डाईले नयाँ क्रेटाको मूल्य अहिलेको तुलनामा केही महंगो हुनेछ । यसमा भएका विशेषताले महंगो मूल्य उपयुक्त हुने दाबी गरिएको छ । त्यसैले नयाँ क्रेटाले सिधा प्रतिस्पर्धा जीप कम्पाससँग गर्ने अनुमान गरिएको छ । 



image not found