काठमाडौंमा पुनः रात्रीबस चलाउने तयारी, विगतबाट के सिक्ने

Not found

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रीबस सञ्चालन गर्ने तयारी सुरु गरेको छ । हाल साँझ ७\८ बज्न नपाउँदै सार्वजनिक यातायात बन्द हुँदा यात्रुले सास्ती बेहोर्नु परेको भन्दै यातायात व्यवस्था विभागले यस्तो तयारी गरेको हो । 

साँझ पर्ने बित्तिकै सार्वजनिक यातायात नचल्दा ट्याक्सीको मनोमानी बढेको र यात्रुले सास्ति पाएपछि विभाग रात्रीबस चलाउने निक्र्यौलमा पुगेको हो । विभागले रात्रीबस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि केही यातायात कम्पनीले सञ्चालनको लागि चासो दिएका हुन् ।

विगतमा रात्रीबस चलाउनका लागि व्यवसायीलाई सरकारले एक मुष्ट रकम दिएको थियो । यो पटक व्यवसायीलाई विगतमा जस्तो रकम दिइने छैन । 

तर व्यवसायीले रात्रीबस चलाएबापत दिउसोका लागि तोकिएको भाडामा ५० प्रतिशत बढाएर लिन पाउने विषयमा छलफल भइरहेको छ । तर यातायात व्यवसायीले भने दिउसोका लागि तोकिएको भाडामा दोब्बर लिन दिने व्यवस्था गरेमात्र रात्रीबस चलाउन सकिने बताएका छन् । 

यातायात व्यवसायीहहरु रात्रीबस चलाउन सकिन्छ । त्यसका लागि भाडा, सुरक्षा र बजार चलायमान हुनुपर्छ भन्ने माग हाम्रो रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘व्यवसाय पनि टिक्नु पर्यो, रुट निश्चित हुने अवस्था आयो भने हामी व्यवसायी राती १२ बजेसम्म मात्र होइन पुरै रात बस चलाउन तयार छौं,’ उनले भने । यस विषयमा यातायात व्यवस्था विभागले महासंघसँग भने कुनै छलफल नगरेको सिटौलाले बताए । 

यात्रुको सुरक्षा महत्वपूर्ण भएकाले त्यस तर्फ ध्यान दिँदै रुट निश्चित गरेर रातीबस चलाउनु पर्ने उनको भनाई छ । २०६९ सालमा पनि काठमाडौंमा रात्रीबस सेवा सञ्चालन गरिएको थियो तर त्यो किन टिकेन भन्दा त्यसलाई दीर्घकालिन रुपमा नहेरिएको सिटौलाले बताए । 

काठमाडौंमा रात्रीबस चलाउन व्यवसायी, काठमाडौं माहनगरपालिका तथा पछिल्लो समय साझा यातायातले पनि प्रयास गरेको थियो । तर त्यो दिगो हुन सकेन र चलेका  बन्द भए नचलेकाले चलाउनु ठिक छैन भनेर चलाएनन् । 

२०६९ मा राति ३ घण्टा (८ बजेदेखि ११ बजेसम्म) गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो । तर त्यो बसलाई निरन्तर रुपमा चलाउन न महानगरले चासो दियो न त व्यवसायीले नै । 

अनुदानमा रकम उपलब्ध गराएपछि त्यतिबेला नियमित भाडा दरमा १४ वटा बस सञ्चालनमा ल्याइएको थियो । उक्त रात्रीबसमा सुरक्षाकर्मी र सीसी क्यामेराबाट निगरानी हुने व्यवस्था गरिएको थियो । अहिले पुनः काठमाडौंमा रात्रीबस चलाउने छलफल गर्माएको छ । 



image not found