११ महिनामा १४ हजारलाई ‘हर्न कारवाही’, थप कडाई गर्दै ट्राफिक प्रहरी

Not found

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले यो वर्ष १४ हजार ७ सय ८१ सवारीलाई अनावश्यक रुपमा हर्न बजाएकाले कारवाही गरेको छ । चालू आर्थिक वर्षको ११ महिनामा उक्त संख्यामा हर्नमा कारवाही भएको हो । 

गत वर्ष १५ हजार ४ सय ५ सवारीलाई हर्न कारवाही गरिएको थियो । आर्थिक वर्ष २०७३/७४ मा ९ हजार ६ सय ६३ सवारीलाई हर्न कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा रहेको छ ।  

काठमाडौं उपत्यकालाई २०७४ वैशाख १ देखि पूर्ण रुपमा हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । जथाभावी हर्न बजाउने हरेक सवारीसाधनलाई ५ सय रुपैयाँ जरिवाना गरिदै आएको छ । 

अनावश्यक रुपमा हर्न बजाउँदा सहरमा ध्वनी प्रदूषण बढेको र सहरी सुन्दरतामा खलल पुगेको भन्दै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरहरु हर्न निषेधित क्षेत्र घोषणा भएका छन् ।

अनावश्यक रुपमा हर्न बजाउनेलाई कारबाहीको दायरामा ल्याउने महाशाखाको भनाई छ । हर्न निषेधित क्षेत्रमा नियम उल्लंघन रोक्न ट्राफिक प्रहरी पथ आक्रामक हुने देखिएको छ । 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख भन्दा बढी सवारीसाधन दर्ता भएका छन् । त्यस मध्ये काठमाडौं उपत्यकामा मात्र करिब १५  लाख सवारीसाधन सञ्चालमा हरेका छन् । 



image not found