अब सवारी परिचालकले पनि लाइसेन्स लिनु पर्ने

काठमाडौं । प्रदेश ३ सरकारले ल्याएको ‘प्रदेश सवारी तथा यातायात ऐन २०७५’ ले सवारीसाधनमा परिचालकको काम गर्ने व्यक्तिले अनिर्वाय रुपमा अनुमति पत्र लिनु पर्ने व्यवस्था गरेको छ । 

उक्त ऐनको परिच्छेद ५मा परिचालक अनुमति पत्र सम्बन्धी व्यवस्था गरेको छ । ऐनमा उल्लेख भएअनुसार यस्ता परिचालक बन्न चाहने व्यक्ति अठार वर्ष पुगेको, साधारण लेखपढ गर्न जानेको र निरोगिताको प्रमाणपत्र भएको हुनु पर्ने उललेख छ । यी मापदन्ड पुरा भएका मानिसले मात्र परिचालकको काम गर्न पाउने व्यवस्था ऐनमा गरिएको छ । 

साथै, अनुमति पत्र लिएका परिचालकको हकमा पनि उसले हरेक वर्ष अनिर्वाय रुपमा आफ्नो कार्ड नविकरण गर्नु पर्ने व्यवस्था गरिएको छ ।

पाँच पटकसम्म ट्राफिक नियम उल्घंनगरेमा सवारीसाधनमा काम गर्ने परिचालकको लाईसेन्स स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।  


Back_to_top