विश्वको ठूलो एयर शोमा होन्डादेखि मित्सुविसीसम्मले आकर्षक जहाज ल्याउने

Not found

काठमाडौं । फ्रान्सको पेरिसमा सन् १९०८ देखि ‘पेरिस अटो शो’मा एभिएसनका लागि निश्चित ठाँउ छुट्याइएसँगै ‘पेरिस एयर शो’ सुरु भएको हो । लगत्तै सन् १९०९ बाट भने एकल एयर शोको रुपमा पेरिस एयर शोको आयोजना गर्न थालिएको हो । 

एक सय दस वर्षको इतिहास बोकेको यो शो विश्वको सबैभन्दा ठूलो एयर शोको रुपमा स्थापित भएको छ । पेरिस एयर शो प्रत्यक दुई–दुई वर्षमा १७ देखि २३ जुनमा आयोजना हुँदै आएको छ । अगामी हप्ताबाट सुरु हुने यस वर्षको एयर शोमा प्रदर्शन गरिने नयाँ जहाजहरुको लिस्ट प्रकाशित भएको छ ।

एयरबस ए२२०

एयरबस कम्पनीले क्यानडाको बम्बाडियर कम्पनीको सिसिरीज प्रोगाममा ५०.०१ प्रतिशत शेयर लिएपछि एयरबसको नाममा ब्राण्डीङ गरी मार्केटिङ गरेको रिजनल जहाज हो एयरबस ए२२० । 


कम्पोजीट मेटिरीयल प्रयोग गरि बनाइएको यो जहाज आधुनीक टेक्नलोजी तथा बढी लेगरुम भएको जहाजको रुपमा चर्चित रहेको छ । यसको डिजाईन र प्रयोग गरिएको मेटेरियलका कारण यो जहाजले प्रतिस्पर्धीका जहाजहरुभन्दा २० प्रतिशत फिउल सेभ गर्ने कम्पनीले दावी गरेको छ ।  

यसमा ३x२ को सिट अरेन्जमेन्ट तथा ट्वाएलेटमा झ्याल रहेको छ । सुइस एयर, एयर बाल्टीक, कोरियन एयर, एयर तान्जानिया तथा डेल्टा एयरलाइनले यो जहाजको प्रयोग गर्न थालिसकेका छन् ।

होन्डा जेट

जापानको चर्चित अटोमोबाइल कम्पनी होन्डाको ‘होन्डा एयरक्राफ्ट कम्पनी’ले विकास गरेको होन्डा जेट एक प्राइभेट जेट हो । होन्डा जेट यसको पेखेटामा राखिएको आकर्षक इन्जिनले गर्दा धेरैको आकर्षणको केन्द्र रहने छ । 


यो जेटमा दुवै तर्फको पखेटाको माथि पट्टी पछाडि इन्जिन राखिएको छ । लाईट विजनेस जेटको रुपमा प्रयोग भईरहेको यो जहाजमा ६ वटा आरामदायी सीट रहेको छ ।

मित्सुविसी एमआरजे ९०

जापनीज कम्पनी मित्सुविसी एयरक्राफ्ट कर्पोरेसनलले निर्माण गरेको एमआरजे ९० शोको अर्को मुख्य आकर्षणको रुपमा रहने छ । यो एयर शोमा जापनिज एयरलायन्स अल निप्पोन एयरवेजको सेतो र निलो लिभरीमा देखाइने अनुमान गरिएको छ । 


सन् २०१५ मा प्रथम उडान गरेको यो रिजनल जेटमा ७० देखि ९० जनाको सिट रहेको छ । यसको डेलिभरी भने आगामी वर्षबाट हुने जनाइएको छ । 



image not found