भारतमा कार बिक्री लगातार ८ महिनासम्म घट्यो, यस्ताे छ कारण

Not found

भारतमा कारको बिक्री पछिल्लो ८ महिनायता लगातार गिरावट आएको छ । २०१९ को जुनमा कारको बिक्री २५ प्रतिशतले घटेको तथ्यांक सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्रले जनाएको छ । 

प्यासेन्जर भेइकलको बिक्री भने १७.५ प्रतिशतले घटेको हो । त्यस्तै मोटरसाइकलको बिक्री ९.६ प्रतिशतले गिरावट आएको छ । 

कार तथा मोटरसाइकलको बिक्री घट्नेले भारतमा निक्कै संका उत्पन्न भएको छ । भारत एसियाको तेस्रो ठूलो अर्थतन्त्र हो । भारतको आर्थिक वृद्धिदर पनि पछिल्लो क्वाटरमा कामी आएको छ । 

भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री निर्वाचित भइ बनेको नयाँ सरकारले अटोमोबाइल उद्योगलाई उचित प्याकेज ल्याउनु पर्ने अवस्था रहेको एसआइएएमका महानिर्देशक भिष्णु माथुरले बताएका थिए । 

महिन्द्राले जुनमा १३ दिन प्लान्ट नै बन्द गरेको थियो सवारीको माग कम भएको भन्दै । त्यस्तै कार उत्पादकको सेयर समेत गिरावट आइरहेको छ । 



image not found