चालु आर्थिक वर्षको ९ महिनामा ९३ अर्वको इन्धन आयात

Not found

काठमाडौं । चालू आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा ९३ अर्ब ९ करोड ८ लाख ४४ हजार रुपैयाँको इन्धन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नौ महिनामा डिजेल, पेट्रोल र हवाई इन्धन गरि सो मूल्यको इन्धन आयात भएको हो । 

विभागका अनुसार सो अवधिमा ४ लाख ९ हजार ४७३ किलोलिटर पेट्रोल र ११ लाख ९८ हजार ४२७ किलोलिटर डिजेल आयात भएको छ । साउनदेखि चैत्र मसान्तसम्ममा २५ अर्ब ७५ करोड ६२ लाख ५७ हजारको पेट्रोल र ८४ अर्ब ५२ करोड २ करोडको डिजेल इन्धन आयात भएको विभागले जनाएको छ । 

यस्तै, नौ महिनामा १ लाख ४९ हजार १८८ किलोलिटर हवाई इन्धन आयात भएको छ । १० अर्ब ३८ करोड ५३ लाख ८७ हजार रुपैयाँ बराबरको हवाइ इन्धन आयात गरेको विभागको तथ्यांकले देखाएको छ । 

आर्थिक वर्ष २०७४/७५ को नौ महिनामा भने ३ लाख ५१ हजार १६६ किलोलिटर पेट्रोल र ११ लाख २७ हजार २१७ किलोलिटर पेट्रोल आयात भएको थियो । विभागको तथ्यांकमा सो अवधिमा १९ अर्ब २२ करोड ५५ लाख ६७ हजारको पेट्रोल र ६३ अर्ब ४७ करोड ९८ लाख ९० हजारको डिजेल आयात भएको देखिन्छ । यस्तै, नौ महिनामा ७ अर्ब ९८ करोड ८२ लाख ४२ हजार मूल्य बराबरको १ लाख ४७ हजार ३२ किलोलिटर हवाई इन्धन आयात भएको थियो । 

गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा इन्धन आयात बढेको देखिन्छ । गत वर्षको तुलनामा यो वर्ष २ अर्ब ३९ करोड ७१ लाख ४५ हजार रुपैयाँको इन्धन बढी आयात भएको छ ।  



image not found