संचालनमा आयो पेट्रोलियम पाइपलाइन, दिल्ली र बालुवाटरबाट ‘स्वीच अन’

पर्सा । पेट्रोलियम पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर पाइपलाइनमा डिजेल पठाएका थिए भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर ‘रिसिभ’ गरेका थिए । 

सुरुको केही समय डिजेल मात्र उक्त पाइपलाइबाट आयात हुनेछ भने त्यसपछि पेट्रोलपनि आयात हुने निगमले जनाएको छ ।

नेपाल भारत पेट्रोलियम पाइपलाइन ३० महिनामा सक्ने लक्ष्यकासाथ सुरु गरिएको थियो तर, निर्धारित समयभन्दा एक वर्षअघि १८ महिनामै आयोजना पुरा भएको हो ।

यो पाइपलाईनको क्षमता प्रतिघण्टा २९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने निगमले जनाएको छ । कम्प्युटरकै माध्यमबाट पाइपलाईन खुल्ला र बन्द गर्नका लागि कन्ट्रोल रुम अमलेखगञ्जमा बनाइएको छ । 

प्रतिघण्टा २ सय ९४ किलोलिटर तेल ल्याउन सकिने पाइपबाट आएको तेल सोहि दिनदेखि नै बजारमा पठाउन सकिने छ ।

पाइपलाइनबाट आउने तेल शुरुमा नेपालमा प्रमुख सहर पोखरा, काठमाडौं र अमलेखगञ्जमा पठाइने छ । अमलेखगञ्ज डिपोमा पाइपलाईनबाट आएको तेल भण्डारणको लागि ४ वटा ट्याङकी पनि राखिएका छन् । २ वटा ट्याङकीको क्षमता ४१ सय किलोलिटर रहेको छ भने बाँकी दुईको ३९ सय किलोलिटर रहेको छ ।

पाइपलाईन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको हो । पाइपलाईनको लम्बाई ६९.५ किलोमिटर रहेको छ ।


Back_to_top