चार्टर विमानमा भियतनाम उडे प्रधानमन्त्री ओली

काठमाडौं । विगतमा निजी वायुसेवाको जहाज चार्टर गरेर राजकीय  विदेश भ्रमण गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली यो पटक भने नेपाल एयरलाइन्सको बिमान लिएर उडेका छन् । आजबाट सुरु भएको भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीले राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलायन्सको जहाज चार्टर गरेर त्यसतर्फ लागेका हुन् । 

केहि समय अघि राष्ट्रपतिको चीन भ्रमणका बेलामा पनि नेपाल एयरलायन्सकै न्यारोबडी –ए३२० जहाज चार्टर गरिएको थियो । अघिल्लो कार्यकालमा चीनको भ्रमण गर्दा आफ्ना नजिकका व्यवसायीक साक्षेदार संलग्न हिमालयन एयरलायन्स चार्टर गरेर गए पछि ओलीको व्यावक विरोध भएको थियो । 

उक्त समयमा भर्खरै सुरु हुन लागेको हिमालएन एयरलायन्सको जहाज चार्टर गर्दा उक्त एयरलायन्सले एओसी नै पाएको थिएन । तर आज भने प्रधानमन्त्रीले भियतनाम जाँदा राष्ट्रपति चीन जाँदा लगिएकै एनएसीको  न्यारोबडी विमान –ए३२० चार्टर गरिएको छ । 

चार्टर गरिएको नेपाल वायु सेवाको विमान साढे तीन घण्टामा भियतनाम पुग्नेछ । प्रधानमन्त्रीको भम्रण टोलीलाई भियतनाम पुर्याएपछि एनएसीको उक्त जहाज नेपाल फर्कने छ । प्रधानमन्त्रीको टोली नेपाल फर्किदा भने नेपाल एयरलाइन्सकै बैंकक–काठमाडौंको नियमित उडानमा फर्कने कार्यतालिका रहेको छ । 


Back_to_top