यी स्थानमा आज बिहान १० बजेदेखि १०ः४० सम्म ट्राफिक समस्या

Not found

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनामको भ्रमणमा जान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा सडकमा केही समस्या हुने भएको छ ।

भीभीआइपी सवारीका क्रममा बालुवाटार, नक्साल, ज्ञानेश्वर, रातोपुल, गौशाला, तिलगंगा हुँदै विमानस्थल सम्मको सवारी आवागमन रोकिने छ । त्यसको असर चाबहिल, कोटेश्वर, मैतिदेबी लगायतका क्षेत्रमा पनि पर्ने छ ।

बालुवाटारबाट प्रधानमन्त्रीको कार्गेट बिहान १०ः२५ मा छुट्ने छ भने सडकमा त्यसको प्रभाव भने बिहान १० बजेबाट नै पर्ने उपत्यका ट्राफिक महाशाखाले जनाएको छ । 

साथै, सडक प्रयोग कर्तालाई बैकल्पीक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 



image not found