प्रदूषण चेकजाँचमा अधिकांश गाडी फेल, हरियो स्टिकर नलगाई गुड्छन् सवारी

Not found

काठमाडौं । चालू आर्थिक वर्षमा २ हजार ४ सय ६३ सवारी प्रदूषण चेकजाचमा फेल भएका छन् । प्रदूषण जाँचमा फेल भएका यस्ता सवारीलाई कारवाही गरिएको छ । त्यस्तै ५१ वटा सवारीले प्रदूषण पास स्टिकर नै नलगाई सवारी सञ्चालन गरेको पाइएको छ । 

महानगररिय ट्राफिक प्रहरी महाशाखाका अनुसार २ हजार २ सय ८२ वटा सवारीको प्रदूषण फेल भएका हुन् । १० महिनामा १ सय ३० सवारीले बढी धुँवा फ्यालेको पाइएको महाशाखाले जानकारी दिएको छ । 

यस्तै गत वर्ष प्रदूषण परिक्षणमा फेल भएका ४ हजार ११ वटा सवारीलाई कारवाही गरिएको महाशाखाको तथ्यांकले देखाएको छ । भएको वर्ष १८ वटा सवारीले स्टिकर नलगाएको पाइएको थियो । 

१ हजार ४ सय ३० सवारीले बढी धुवा फ्याकेकाले कारवाही गरिएको थियो । यसै क्रममा झण्डै २ हजार ५ सय ६३ सवारीको प्रदूषण फेद भएको पाइएको ट्राफिक महाशाखाको भनाई छ । 

ट्राफिक महाशाखाले २०७४ असोज ३१ गतेदेखि सवारी साधनले गर्ने प्रदूषण चेकजाँचमा कडाई गर्न थालेको थियो । यसरी कारवाहीमा पर्ने सवारीलाई भेकल फिटनेश सेन्टरमा पठाउने गरिएको छ । फिटनेस सेन्टरमा सवारी सर्भिस पछि त्यसको धुवा चेकचाज गरेर मात्र सञ्चालन गर्न दिइने महाशाखाले जानकारी दिएको छ  । काठमाडौंमा मात्र ४ वटा प्रदूषण जाँच केन्द्र रहेका छन् । 




image not found