आर्थिक वर्ष २०७५/७६मा निजी सवारी साधन आयातमा गिरावट, ४ अर्व राजस्व घट्यो

Not found

काठमाडौं । लगातार २ वर्षसम्म जीप, कार, भ्यान, पीकअपलगायत साना सवारीसाधनबाट उठ्ने राजस्व बढ्दै आए पनि आर्थिक वर्ष २०७५/७६ मा भने ओरालो लागेको छ । गत आर्थिक वर्षमा १४ अर्ब ९२ करोड ५३ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको जीप, कार, भ्यान, पीकअप लगायतका साना सवारीसाधन आयात भएको हो । 

अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त आयात रकम ३ अर्बले रुपैयाँले कम हो । आर्थिक वर्ष २०७४/७५ मा कुल १७ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको कार, जीप, पीकअप, भ्यान लगायत आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा भने यस्तो आयात १५ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ बराबरको थियो । 

कार, जीप, भ्यान आयातमा कमी आएसँगै सरकारको राजस्व संकलनमा समेत असर परेको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्षमा ४ अर्बभन्दा बढीले राजस्व संकलन घटेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा जीप, कार, भ्यान, पीकअप लगायत आयातबाट सरकारले ३१ अर्ब २२ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आवमा ३५ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । 

आयात घट्यो 

कार, जीप, भ्यान, पीकअप आयात अघिल्लो वर्षको तुलनामा गत वर्ष १ हजार यूनिटले घटेको छ । आर्थिक वर्ष २०७५/७६ सालमा ३४ हजार १ सय १४ वटा जीप, कार, भ्यानलगायतका सवारीसाधन आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ सालमा ३५ हजार २७ वटा कार, जीप, भ्यान, पीकअप लगायतका साना सवारी साधन आयात भएका थिए । 

आर्थिक वर्ष २०७३/६४ मा भने २५ हजार ९ सय ३५ वटा कार, भ्यान, जीप, पीकअप लगायतका सवारी साधन आयात भएको भन्सार विभागले जानकारी दिएको छ । 

बैंक लोनमा कडाई र अन्तःशुल्क बढेपछि आयातमा कमी

सरकारले बैंकिङ क्षेत्रले लगानी गर्ने अटो कर्जामा कडाई गरेसँगै बजारमा सवारी साधनको बिक्री घटेको हो । साथै, आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सवारी साधनमा सीसी अनुसार अन्तःशुल्क बढाएसँग आयातमा कमी आएको हो । 

मोटरसाइकल र गाडीमा जति बढी सीसी उति बढी अन्तःशुल्क तिर्नुपर्ने प्रावधान ल्याइएसाँगै सवारीसाधन महंगो भएको थियो । 



image not found