पत्याउनु हुन्छ, यो बजार पल्सर २२० एफ हो

काठमाडौं । इन्डोनेशियाको बाइक मोडिफाईड कम्पनी रुडी गुनावानले बजाज पल्सर २२० एफलाई परिमार्जन गरेको छ । परिमार्जित बजार पल्सर २२० एफ ६० र ७० औं दशकको रेट्रो मोटरसाइकल ‘बाइगोन इरा’को याद दिलाउने कम्पनीले जनाएको छ ।

परिमार्जित यस मोटरसाइकलको फ्रन्ट र रियरमा आकर्षक क्लासीक कस्टुम दिइएको छ भने, बाइकलाई पूर्णरुपमा नयाँ स्वरुप प्रदान गरिएको छ । 

स्टाइलिस सिंगल पिश लेदर स्याडल र नयाँ अलाय ह्वली दिइएको यो बाइक निकै स्टाइलिस देखिएको छ । यसमा क्रोमसँगै पुरानो क्लासीक लुक टेललाइट लगाइएको छ भने रेट्रो लुकिंगको राउन्ड  हेलोजोन हेडल्याम्प जडान गरिएको छ ।

मोटरसाइकलमा सिम्पल एनालग इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको इन्स्टुमेन्ट कन्सोल होण्डा जेड सीरीजबाट लिइएको हो । क्लीप अन ह्यान्डलबारले  मोटरसाइकललाई थप आकर्षक बनाएको छ ।

यस्तै, फ्युल ट्यांकी पूर्णरुपमा नयाँ लागाइएको छ भने २२० स्टीकर समेत ट्यांकीमा लगाइएको छ । फ्रन्टको टेलिस्कोपिक सस्पेन्सन भने २२० एफकै रहेको छ । साथै मोटरसाइकलमा नयाँ स्विंगआर्म लगाइएको छ । 

बजाज पल्सर २२० मा रहेको पुरानो फ्रन्ट सिंगल डिस्क ब्रेकलाई  डबल डिस्क ब्रेकले रिप्लेश गरिएको छ भने, रियरमा सिंगल डिस्क ब्रेक लगाइएको छ । रेट्रो क्लासिक लुकमा आएको मोटरसाइकल निक्कै आकर्षक र युनिक देखिएको छ ।


Back_to_top