यस्ताे छ पल्सर २२० सफल हुनुकाे ६ कारण, यी हुन् कमजोरी

काठमाडौं । युवा–पुस्तामा मोटरसाइकलको रहर हुनु स्वभाविक हो । उनिहरु आफ्नो रहर नयाँ र पृथक उत्पादनबाट पुरा गर्न चाहन्छन् । तर, बजाज पल्सर २२० यस्तो बाइक हो आज पनि हरेक नेपाली युवा एक पटक चढ्न र एक्स्पेरियन्स गर्न चाहिरहेका हुन्छन् भन्दा फरक पर्दैन ।

करिब ७ वर्षदेखि २२० पल्सर चलाउँदै आएका कपनका सुवोध मैनाली यसको पर्फमेन्ससँग सन्तुष्ट छन् भने चुच्चेपाटीमा बस्ने सिमोन मल्ल यो बाइकलाई जित्न अन्य बाइकलाई कठिन हुने बताउँछन् । मल्लका अनुसार मूल्य, स्टाइल, पावर र टर्कको राजा बाइक हो पल्सर २२० ।

माथिका दुई प्रतिनिधि पात्र मात्र हुन् पल्सर २२० को क्रेजले युवा र केही उमेर ढल्केका मानिसलाई पनि तानेको बुझन कठिन छैन । सन् २००८ बाट नेपाली सडकमा गुड्न थालेको यो बाइक करिब ३ लाखभन्दा माथि यूनिट सडकमा गुडिरहेको अनुमान गर्न सकिन्छ ।

अझ कम्पनीले पल्सर एनएस २०० ल्याउनु अघि यसको बिक्री बजाजको कुल बिक्रीको करिब ५० प्रतिशत रहेको अनुमान गर्न सकिन्छ । अब भने एनएस सिरिजको कारण यसको बिक्रीमा केही कमि आएको बताइन्छ ।

बजारमा ३ लाख १४ हजार ९ सय रुपैयाँमा बिक्री मूल्य रहेको पल्सर २२० धेरै युवाले मनपराउनुको मुख्य कारण हामीले यस्तो ठानेका छौं । 

लुक्स र स्टाइल

निकै आक्रमक लुक्समा निर्माण भएको यो बाइकलाई कम्पनीले युवापुस्ताको चाहना अनुसार परिमार्जन गर्दै आइरहेको छ । 

पावरफुल इन्जिन

यसमा २२० सीसी क्षमताको पावरफुल इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २०.६४ हर्ष पावरका साथै ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

उच्च टपस्पीड क्षमता

यस बाइकको टपस्पीड क्षमता प्रतिघन्टा १३४ किलोमिटर रहेको छ । कतिपय राइडरले भने यसलाई प्रतिघन्टा १५० किलोमिटरसम्म चलाएर रेकर्ड बनाएका छन् ।

सस्पेन्सन

यसको सिट हाइट ७९५ एमएम रहेको छ । १५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।

माइलेज

राम्रो माइलेजका कारण पनि यो बाइक चर्चामा रहने गरेको छ । यसले प्रतिलिटर ३५ देखि ४० किलोमिटर माइलेज दिने गर्छ । 

पावरफुल हेडलाइट

पल्सर २२० मा ५५ वाटको लो बीम प्रोजेक्टर हेडलाईट लगाइएको छ । पावरफुल हेडलाइट भएको कारण अध्यारोमा पनि यसलाई चलाउन सहज हुने गरेको उपभोक्ता बताउँछन्  ।

बाइकको कमजोर पक्ष

आवाज

फेयरिंगमा आवाज आउने समस्याका कारण यो बाइकमा धेरै गुनासो आउने गरेको छ । 

एबीएसको कमी

पछिल्लो समय उत्पादन भइरहेका अधिकांश बाइकमा चालकको सुरक्षालाई मध्यनजर गर्दै एबीएसको विशेषता दिन थालिएको छ । त्यसैले पनि एबीएस भएकमो भए हुन्थ्यो भन्ने ग्राहकलाई लाग्न थालेको छ ।

एफआई इन्जिनको अभाव

फ्युल इन्जेक्टेड इन्जिन नलगाएको कारण पनि यो बाइकमा कम्प्लेन आउने गरेको छ । कम्पनीले सन् २००७ मा फ्युल इन्जेक्टेड इन्जिनयुक्त २२० सार्वजनिक गरेको थियो । तर, कम्पनीले केही समयपछि नै बाइक उक्त इन्जिन उत्पादन बन्द गरेको थियो ।


Back_to_top