कोटेश्वर-कलंकी रोडमा राडर गनले हान्यो ८ सय चालकलाई

Not found

काठमाडौं । रिङरोडको कलंकी–कोटेश्वर सडकखण्डमा राडर गनद्वारा करिब ८ सय मोटरसाइकल कारवाहीमा परेका छन् । उक्त खण्डमा सवारीको गति सीमा तोकिए पछि ८ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

जेठ २८ गतेबाट कलंकी–कोटेश्वरमा लागु भएको गति सीमा असार ५ गतेसम्म ७ सय ९३ जनालाई कारवाही गरिएको थियो । शुक्रबारसम्ममा कारवाहीको संख्या ८ सय माथि पुगेको प्रहरीको भनाई छ । 

सो सडकखण्डमा दुर्घटना बढ्दै गएकाले ट्राफिक प्रहरी महाशाखाले दुर्घटना नियन्त्रण गर्न गति सीमा तोकेको हो । दैनिक राडर गनको सहायताले करिब सय जना कारवाहीमा पर्ने गरेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । 

कलंकी–कोटेश्वर सडकखण्डको मेन ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउनु पर्नेछ । त्यस्तै सर्भिस ट्रयाकमा सवारी गुडाउदा अधिकतम २० किलोमिटर प्रतिघण्टाको स्पीड तोकिएको छ । 

कंलकीका ट्राफिक इन्स्पेक्टर केशव भट्टका अनुसार कलंकी–कोटेश्वर सडकखण्डको मेन ट्रयाकमा गुड्ने सवारीले ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुडाउनु पर्ने छ । सर्भिस ट्रयाकमा गुडाउने सवारीले अधिकतम २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र सवारी गुडाउन पाइने छ । 

उनले सो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि गति सिमित गरिएको बताए । सवारीको गति रडारगनको सहयोगमा जाँच गरिने उनले जानकारी दिए । 

‘हामीले रडारगन ल्याएर गति जाँच गरिरहेका छौँ, तोकिएको भन्दा बढी गतिमा सवारी गुडाए तत्काल कारवाही गरिनेछ,’ भट्टले मेरोअटोसँग भने । 

तोकिएको भन्दा बढी गतिमा सवारी गुडाए १ हजार रुपैयाँ जरिवाना गरिने छ । बाटो फराकिलो भएकाले सवारी साधनले अस्वस्थ प्रतिस्पर्धा र ओभरटेक गर्ने प्रचलन बढेकाले ट्राफिक प्रहरीले सवारी गति सीमा तोकेको हो ।



image not found