भारी बर्षाले जलेश्वर–जनकपुर सडक अवरुद्ध

गौशाला । भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । 

जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । 

जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै बाटोभरि नै माटै माटो रहेको बेला पानी परेपछि गाडी फस्ने भएर आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो । 

बाटोभरि पानीले गर्दा हिलैहिलो भएकोले कुनै पनि बस, जिप लगायतका चारपाङ्ग्रे तथा मोटरसाइकल समेत नचलेको अवस्था रहेको छ । 

अब बाटोको पानी र हिलो सुखेपछि मात्रै बाटो सुचारु हुने छ । 


Back_to_top