रेनो एक्सचेन्ज क्याम्प, यस्तो छ छुट र सुविधा

Not found

काठमाडौं । नेपालका लागि रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाईल प्रालिले ‘पुरानो छोडाँै नयाँ गुडाऔँ’ भन्ने ट्यागलाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । ६ मेदेखि ९ मेसम्म पोखरा र ८ मेदेखि ११ मेसम्म भैरहवामा आयोजना हुने यस मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडीसँग रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एडभान्स अटोमोबाईल लेग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मको फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरिका लागि सडक कर फ्रि, इजिफाइनान्स सुविधालगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।



image not found