क्वीडमा आधारित ‘के-जेडई’ सार्वजनिक, तत्काल नेपाल आए यस्तो हुनेछ मूल्य

विश्व बजारमा इलेक्ट्रीक कार निर्माण गर्ने प्रतिस्पर्धा चलिरहेको समयमा चीनमा रेनोले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रीक कार के-जेडई सार्वजनिक गरेको छ । कम्पनीले यसको बजारमा मूल्य ८ हजार ६५२ डलर तोकिएको छ । यदि तत्काल यो गाडी नेपाल आउने हो भने करिब १६ लाख रुपैयाँ हाराहारीमा नेपालमा बिक्री वितरण हुने छ । 

कम्पनी गतवर्षको पेरिस मोटर शोमा पहिलोपटक सार्वजनिक गरेको सीटी के-जेडईको कन्सेप्टमा यसको उत्पादन गरेको हो । कम्पनीले के–जेडईलाई रेनो–निसानको सीएमएफ–ए प्लेटफर्ममा निर्माण गरेको हो । 

रेनो सीटी के-जेडईमा २६.८ किलोवाटको लिथियम आयन ब्याट्री जडान गरिएको छ । यसमा प्रयोग गरिएको मोटरले ४४ पीएस पावर र १२५ एनएम टर्क जेनेरेट गर्छ । 

एक पटकको फुल चार्जमा उक्त कारले २४० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ । उक्त कारको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

के-जेडईमा जडान गरिएको ब्याट्रीलाई घरायसी विजुलीबाट फुलचार्ज गर्न करिब ६ घन्टा लाग्ने छ भने फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । 


Back_to_top