भारतमा बिक्यो तीन लाख युनिट रेनो क्विड, अब नयाँ फिचरका साथ आउने

रेनोको ह्याचब्याक कार क्विडको बिक्री तीन लाख नाघेको छ । यो मोडल भारतीय बजारमा सन् २०१५ मा सार्वजनिक भएको थियो । यसको डिजाइन, सेग्मेन्टको फस्र्ट फिचर्स, क्याबिन स्पेश र उत्कृष्ट मूल्यका कारण चर्चामा रहेको थियो ।

अब भने कम्पनीले अल न्यू क्विड बजारमा ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । संभवत नयाँ क्विड दिपावलीको अबशर पारेर बजारमा आउने छ । 

नेपालमा समेत निक्कै राम्रो बजार पाएको यस मोडलमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसका अलवा, एन्ड्रोइड अटो, एप्पल कार प्ले, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्पीड सेन्सेटिभ, भोल्युम कन्ट्रोल र वन टच लेन इन्डिकेटर्स जस्ता विशेषता उपलब्ध रहेको छ । 

नयाँ आउने क्विड अझ परिष्कृत हुने कम्पनीले जानकारी दिएको छ । 

रेनो क्विड दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । जसमध्ये ०.८ लिटर पेट्रोल इन्जिनले ५३ बीएच पावर उत्पादन गर्छ । यो इन्जिनयुक्त क्विडले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिन्छ । यस्तै, १.० लिटर पेट्रोल इन्जिनले ६७ बीएच पावर उत्पादन गर्छ । यसले प्रतिलिटर २३.०१ किलोमिटर माइलेज दिने कम्पनीको भनाई छ । यसमा पाँच स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स दिइएको छ ।

यसमा ड्राइभर साइड ब्याग, इबीडी, एबीएस, स्पीड अलर्ट सिस्टम, प्यासेन्जर सिट बेल्ट रिमाइन्डर र चाइल्ड सिटको लागि आइएसओफिक्सको फिचर दिइएको छ । नेपाली बजारमा भने रेनो क्विड पाँच भेरियन्टमा बिक्री हुदै आएको छ । यसको लो भेरियन्टको मूल्य २२ लाख २४ हजार ५५३ रहेको छ भने हाई भेरियन्टको मूल्य २४ लाख ५८ हजार ५ सय ५६ रुपैयाँ रहेको छ । 


Back_to_top