भारतमा एआइ असिस्ट इलेक्ट्रीक बाइक सार्वजनिक हुँदै, यस्तो छ विशेषता

रिभोल्ट इन्टेलिकर्पले भारतमा आफ्नाे पहिलो उत्पादन बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने मोटरसाइकल आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) इलेक्ट्रीक मोटरसाइकल हुनेछ । यो मोटरसाइकल भारतमा जुन १८ मा सार्वजनिक हुनेछ । 

कम्पनीले मोटरसाइकलको नाम भने सार्वजनिक गरेको छैन । रिभोल्ट इन्टेलिकर्पका संस्थापक राहुल शर्माका अनुसार यो मोटरसाइकल उत्पादनका लागि ठूलो टीमले अनुसन्धान गरेको छ । 

रिभोल्टको नयाँ इलेक्ट्रीक मोटरसाइकलले ८५ किलोमिटर प्रतिघन्टा टप स्पीड दिने अटोमोबाइल रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआइ)ले प्रमाणित गरेको छ । तर कम्पनीले भने यो मोटरसाइकलको टप स्पीड १ सय किलोमिटर रहेको दाबी गरेको छ । 

यो मोटरसाइकलमा मल्टी राइडिङ मोड इकोनोमि, सिटी र स्पोर्टस रहेको छ । एआरएआइका अनुसार यो मोटरसाइकल फुल चार्जमा १ सय ५६ किलोमिटर माइलेज दिन्छ । रिभोल्ट इलेक्ट्रीक मोटरसाइकलमा फुल एलइडी लाइट, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर रहेको छ जसमा फोरजी कनेक्टिभिटी रहेको छ । 

त्यस्तै मोटरसाइकलमा दुवै ह्वीलमा डिस ब्रेक, मनोसक छ भने डुअल च्यानल एबीएस सिस्टममा आउने अनुमान गरिएको छ । सुरुमा यो मोटरसाइकल भारतको नेशनल क्यापिटल रिजनमा बिक्री हुने संस्थापक शर्माको भनाई छ । 

रिभोल्टको फ्याक्ट्री हरियाणमा रहेको छ भने उक्त फ्याक्ट्रीबाट वार्षिक १ लाख २० हजार मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको छ । 


Back_to_top