यस्तो छ डोङफेङको ‘रिच’ पिकअप, थाहापाउनुस् मूल्य र विशेषता

काठमाडौं । नाडा अटो शो २०१९ मा चिनियाँ चर्चित ब्रान्ड डोङफेङले उत्पादन गरेको रिच पिकअप सार्वजनिक हुने भएको छ । ६ महिना अगाडिमात्रै नेपाली बजारमा भित्रिएको यो ब्रान्डले पिकअप बजारमा ल्याउन लागेको हो । 

कोजु नेपालले बिक्री वितरण गर्दै आएको डोङफेङ सकोनको उत्पादन ग्लोरी ५८० एसयूभी र नयाँ पिकअपलाई अटो शोमा प्रदर्शन गर्ने तयारी कम्पनीले गरेको छ । 

साइज

यो पिकअपको लम्बाई ५ हजार ८० एमएम, चौडाई  १ हजार ८२० एमएम र उचाई १ हजार ७७५ एमएमएम रहेको छ । यसको ह्वीलवेश ३ हजार ३० र ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ । पिकअप फोर ह्वील ड्राइभ सिस्टममा आउने कम्पनीले जनाएको छ । 

यसमा उपलब्ध कार्गाे एरियाको लम्बाइ १ हजार ३९५ एमएम, चौडाई १ हजार ३९० एमएम र उचाई ४३० एमएम रहेको छ । कार्गाेको ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ ।

इन्जिन

यसमा उपलब्ध जेडजी २४ ग्यासोलिन इन्जिनले ४६ सय देखि ५ हजार आरपीएममा १३६ बीएच पावरका साथै २६ सय देखि ३२ सय आरपीएममा २१७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६० लिटर इन्धन अट्ने फ्युल ट्यांकी लगाइएको छ ।

तौल र स्पीड

यसको कुल तौल २ हजार ५१० किलोग्राम रहेको छ भने यसले  प्रतिलटर ८.२ किलोमिटर माइलेज प्रदान गर्छ । प्रतिघन्टा १६० किलोमिटरको टपस्पीड क्षमता रहेको यस पिकअपले ४९० किलोग्रामसम्मको तौल बोक्न सक्छ ।

विशेषता

डबल क्यव पिकअपको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ । यसमा सेन्ट्रल लक, रिमोट कि, पावर विन्डो फोर डोर, इन्टर मिटेड वाइपर, एफएम, युएसबी कनेक्टेड, एयर कोअर्डिनेटर, पावर एक्सटेरियर मिरर, अटो डिमिङ इन्टेरियर मिरर, ट्रिप इन्पmो डिस्प्लेको विशेषता दिइएको छ ।  

चालक र प्यासेन्जरको सुरक्षाका लागि एयरब्याग, सिटवेल्ट वार्निङ, सेकेन्ड रोमा सिट बेल्ट, रिजर्भिङ सेन्सर, एबीएस र इबीडीको बिशेषता दिइएको छ । यसका साथै, पिकअपमा साइड स्टेप प्याडल, एन्टी रस्ट कोट, ब्यागेज र्याक, ब्ल्याक इन्टेरियर, हाइ माउन्ट ब्रेकिंग ल्याम्प, रियर फग ल्याम्प, फ्रन्ट फग ल्याम्प, एलइडी डे टाइम रनिंग लाइट जस्ता फिचर रहेका छन् । 

इलेक्ट्रीकल्ली एडजस्टेबल हेडलाइट, एडजस्टेबल स्टेयरिंग ह्वील, लेदर सिट, आल्म्युनियम ह्वील, दिइएको छ ।

मूल्य

प्रिमियम लुकमा आएको उक्त पिकअपको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top