सुरक्षा फिचर हुँदैमा कार सुरक्षित बन्दैन, दशैंमा गाडी लिएर हिड्दा यि कुरामा ध्यान दिनुस्

Not found

काठमाडौं । हालै मात्र नेपालको पूर्व–पश्चिम हाइवेमा भएको भयानक कार दुर्घटनामा कारमा सवार ५ जनाकै मृत्युले अटो बजारमा विभिन्न प्रश्नहरु खडा भएका छन् । 

प्रश्न उठाउनेहरुले यहाँ विक्री भइरहेका सवारीसाधन कतिको सुरक्षित छन् ? सहरी क्षेत्रमा चलाउन बनाइएका कारहरु हाइवेमा चलाउन उपयूक्त छन् वा छैनन् । हाइवेमा जानै पर्दा कारको स्पीड लिमिट हुन जरुरी छ वा छैन ? कार चलाउने चालकहरुको अवस्था कस्तो हुन पर्छ ? ट्राफिक नियमहरुको पालना कतिको महत्वपूर्ण हुन्छ जस्ता विषय सोसल मिडियामा चर्चा गरेका छन् । 

गाडीमा भएका सुरक्षा यन्त्रले पूर्णरुपमा काम गर्न त्यसलाई आवस्यक पर्ने सम्पूर्ण पूर्वाधार भएमा मात्र काम गर्न सक्छ । नेपालका करिब एक हजार किलोमिटर सडकमात्रै सेफ्टी अडिट भएका छन् । जब कि ८० हजार किलोमिटर बाटोमा सवारीसाधन चलिरहेका छन् । यस्तोमा सडकमा आफुले मात्रै सुरक्षित तरिकाले गाडी चलाएर मात्रै पनि सुरक्षित हुन मुस्किल हुन्छ । र गाडीमा भएका यन्त्रले पूर्णरुपमा काम नगर्न सक्छ । 

अझ हाम्रोमा सिटबेल्ट प्रयोग ट्राफिकका लागि गर्दिए जस्तो गर्ने चालकहरुको बानिले झन् कारमा सुरक्षा खतरा बढ्छ । यदि चालक वा पेसेन्जर सिट बेल्टको प्रयोग गरेको छैन भने गाडी भएको एयरव्यागनै मृत्यूको कारण बन्न सक्छ । 

पहिलाको तुलनामा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेको संख्या अत्यन्त न्यून रहेको छ । यद्यपी मापसेकै कारण धेरै दुर्घटना भइरहेका छन् । सवारीसाधन जस्तोसुकै सुरक्षित किन नहोस्, यदि चालकले लापर्वाही पूर्वक चलाएको खण्डमा यात्रुहरुले समेत ज्यान गुमाउनु परेका थुप्रै घटना छन् ।

सन् १९९७ मा वेलायती युवराज्ञी डायनाको यस्तै भयानक कार दुर्घटनामा मृत्यू भएको थियो । उक्त दुर्घटना भएको कार मर्सिडिजको लग्जरी सेडान कार थियो । जर्मन कम्पनी मर्सिडिजको कार सुरक्षाको हिसावले कति बलियो थियो होला त्यसमा पनि राजपरिवारको सदस्य चढ्ने ? 

उक्त घटनाको प्रतिवेदन अनुसार अत्याधिक गति र चालकले गरेको मदिरा सवेन उक्त दुर्घटनाको मुख्य कारण रहेको थियो । करिव १०० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको उक्त कारले फ्रान्सको सुरुङमार्ग भित्र निर्माण भएको पिल्लरमा ठक्कर दिएको थियो । उक्त घटनामा गाडीमा सवार ४ जना मध्य ३ जानाको मृत्यु भएको थियो ।

त्यस्तै फास्ट एण्ड फिउरियसका अमेरिकी नायक पाउल वाकरको पनि कार दुर्घटनामा मृत्यु भएको थियो । चालक उनको साथी जो प्रोफेसनल कार रेसका चालक समेत थिए । जर्मन कम्पनी फोक्सवागन ग्रुपले उत्पादन गरेको पोर्से कार विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । चालक जतिसुकै प्रोफेसनल भएपनि गतिमा नियन्त्रण भएन भने ज्यान बचाउन सकिदैन भन्ने उदाहारण हो यो । 

गतिमा समालिनुस्

नेपालका बाटाहरु विशेषत हाइवे सुरक्षा मापदण्ड अनुसार निर्माण भएका छैनन् । आउँदै गरेको दशैंमा धेरै भन्दा धेरै यात्रुहरुलाई लगभग एकै समयमा आफ्नो गन्तव्यमा जानु पर्ने हुन्छ । यस्तोमा सडकमा गाडीको उपस्थिति निकै बाक्लो रहन्छ । त्यसैले सकभर ओभरटेक गरेर गाडी नचलाउँदा वेस हुन्छ ।

आफ्नो सवारी एकदमै सुरक्षित सेफ्टी रेटिङमा अब्बल भएता पनि नेपालको बाटोको अवस्था, चालकहरुको आनिबानी तथा ट्राफिक नियमको कडा रुपमा पालना नगरेमा दुर्घटना हुने र ज्यानै जाने सम्भावनालाई टार्न सकिदैन । 

काठमाण्डौबाट बाहिर निस्कने ३/४ वटा बाटाहरु सबै पहाडलाई छिचोलेर वा खोलाका किनारै किनार बनाइएका हुन्छन् । यस्ता बाटाहरुमा दुर्घटना भए कि त सिधै खोलामा खस्ने वा पहाडबाट गुल्टले सम्भावना धेरै हुन्छ । यदि यस्ता बाटामा दुर्घटना भए तपाईको कारको सेफ्टी स्ट्न्डर्डले मात्र बचाउन सक्दैन । 

वर्षा सकिएको छैन । गाउँ–गाउँमा खुलेका कच्चीबाटाहरु सवारीसाधनको लागि एम्बुस बन्न सक्छन् र त्यसमा तपाईको गाडी गर्न सक्छ । त्यसले सजगता अपनाएर गाडी चलाउँ । केही समयको ढिला चाँडो र रमाइलोको लागि जिवन दाउमा नलगाउँ । 

आफ्नो सवारी एकदमै सुरक्षित सेफ्टी रेटिङमा अब्बल भएता पनि नेपालको बाटोको अवस्था, चालकहरुको आनिबानी तथा ट्राफिक नियमको कडा रुपमा पालना नगरेमा दुर्घटना हुने र ज्यानै जाने सम्भावनालाई टार्न सकिदैन । 

अझ हाम्रोमा सिटबेल्ट प्रयोग ट्राफिकका लागि गर्दिए जस्तो गर्ने चालकहरुको बानिले झन् कारमा सुरक्षा खतरा बढ्छ । यदि चालक वा पेसेन्जर सिट बेल्टको प्रयोग गरेको छैन भने गाडी भएको एयरव्यागनै मृत्यूको कारण बन्न सक्छ । 

अत, अनियन्त्रीत तरिकाले सवारी चलाएमा जस्तोसुकै सुरक्षित सवारी भएपनि ठूलो दुर्घटना हुने सम्भावना सधै रहिनै रहन्छ । 



image not found