११० अर्ब बजेटमा सडक विभागले खर्चियो जम्मा ३६ अर्ब

Not found

काठमाडौं । सडक विभागले आर्थिक वर्ष सकिन ५ दिन मात्र बाँकी रहदा ३६ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ । सडक विभागले चालू आर्थिक वर्षका लागि संसोधित १ खर्ब १० अर्ब बजेट पाएको थियो । त्यस मध्ये ३६ अर्ब रुपैयाँ खर्च भएको विभागले जनाएको छ । 

चालू आवमा संसोधित बजेट मार्फत ५७ प्रतिशत मात्र आर्थिक प्रगती भएको विभागको भनाई रहेको छ । विभागले आफु अन्तर्गत पर्ने १५ हजार किलोमिटर सडक मध्ये चालू आवमा साढे ९ सय किलोमिटर कालोपत्रे गरेको छ । 

विभावका सूचना अधिकारी अर्जुज सुवालका अनुसार १२ सय किलोमिटर सडक ग्राबेल भएको छ । कुल बजेट मध्ये ७३ अर्ब रुपैयाँ बराबर रकम खर्च हुन बाँकी रहेको हो । 

‘चालू आर्थिक वर्षमा संसोधित बजेट अनुसरा ५७ प्रतिशत आर्थिक प्रगति रहेको छ,’ सुवालले मेरोअटोसँग भने । आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्बको हाराहारीमा बजेट विनियोजन गरेको छ । 

८ मिटर भन्दा बढी चौडाइका सडकहरु सडक विभाग अन्तर्गत पर्ने गर्छन् । सडक विभाग अन्तर्गत १५ सय बढी पुल निर्माण भइरहेका छन् । 



image not found