नारायणगढ–बुटवल सडकमा बढेका दस्तुर आजबाट, बसलाई १३० रुपैयाँ लाग्दा अन्यलाई कति

Not found

काठमाडौं । सरकारले वृद्धि गरेको सडक प्रयोग दस्तुर नारायणगढ–बुटवल सडक खण्डमा आज (असार २४)देखि लागु भएको छ । सडक बोर्डल सूचना प्रकाशित गरि वृद्धि भएको सडक उपभोग दस्तुर कार्यान्वयमा आएको जनाएको हो । 

सडक बोर्डका अनुसार नारायणगढ बुटवल सडक खण्डमा बस, मिनिबस, ट्रक, मिनिट्रक र हेवीइक्युपमेन्टले १ सय ३० रुपैयाँ शुल्क बुझाउन पर्छ । त्यस्तै हलुका सवारी कार, जीप, पिकअप, भ्यान र ट्रयाक्रले ६० रुपैयाँ बुझाउनु पर्छ । 

त्यस्तै उक्त सडक खण्डमा तीन पांग्रे टेम्पो र मोटरसाइकलले १० रुपेैयाँ तिर्नुपर्ने सडक बोर्डको सूचनामा उल्लेख छ । 

संघीय सरकारले यही बैशाखमा सडक प्रयोग दस्तुर बढाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट बढाइएको दस्तुर विभिन्न सडक खण्डमा लागु भइसकेको छ भने केहीमा लागु हुँदै छ । नारायणगढ बुटवल सडक खण्डमा बढेको दस्तुर २४ असारको राती १२ बजेदेखि लागु हुने छ । 

सरकारले सडक उपभोग कर मोटरसाइकलदेखि ठूला सवारीसाधनमा लगाउँदै आएको छ । जसमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम १४० रुपैयाँसम्म लाग्ने छ । देशभरका विभिन्न सडक खण्डबाट केन्द्र सरकारले सडक उपभोग दस्तुर लिँदै आएको छ ।  



image not found