सडक डिभिजनकै अगाडि फुटपाथ छैनः कानुनको खिल्ली, पैदल यात्रीलाई सास्ती

काठमाडौं । हेर्दा चिल्लो सडक, बीचमा सेन्टर लाइन अनी साइडमा पहेलो धर्काले आर्कषक यो सडक मिनभवनको पुर्व तर्फ रहेको ज्ञवाली मार्ग हो । 

केही मिटर पर पुगेपछि सडक छेउमै सडक डिभिजन कार्यालय समेत रहेको छ । लामो समय यो सडक धुलाम्य हुने गथ्र्यो । यहाँ रहेका पसल, घर तथा खाजाघरहरु त्यही धुलोले पुरिए जस्तै देखिन्थे । तर, केही दिन यता यसको रुपरंग नै परिवर्तन भएको छ । 

पिच भएपछि आकर्षक यो सडक सायद सडक डिभिजन कार्यालय नजिकै भएकै कारण छिटो पिच भएको हुन सक्छ । हुन त सडक विभाग अन्तर्गत रहेका अधिकांस सडक अहिले निकै राम्रो बनाइएको छ । बाहिर जे जस्तो भए पनि भित्र चाहि चिटिक्क पारेको देखिन्छ । 

तर, यो सबको वावजुत मेरो नजर विभाग बाहिरको फुटपाथमा गयो । जहाँ एक तर्फ फुटपाथ निर्माण गरिएको थियो भने डिभिजन भएकै तर्फ कतै फुटपाथ निर्माण नै गरिएको छैन । 

सोेचे गेट अगाडी भएकोले फुटपाथ निर्माण नगरिएको होला । अलि परसम्म हेर्दै हिडेँ, अह कतै फुटपाथको नाम निसान देखिएन । 

सो सडक दाँया तर्फ फुट पाथ हुने ठाउँमा मानिसहरुको घरको गेट, घरका भित्ता जोडिएका छन् । सडकको सो साइडमा सडक यात्रुका लागि खुट्टा टेक्ने ठाउँ समेत राखिएको छैन । 

सडक ऐन अनुसार हरेक सडकको दाँया बाँया दुबै तर्फ फुटपाथ अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, सडक बनाउने निकायकै नाकमा फुटपाथ नहुँदा सडम ऐन नै लगाएको हुनुपर्छ । 

सरकारी निकाय अन्तर्गत रहेको सडक डिभिजन अगाडीनै फुटपाथ नहुनु यो कसको कम्जोरि हुन सक्छ ? इन्जिनियर आशिष गजुरेलका अनुसार सडक निर्माण गर्दा न्यूनतम १.२ मिटर फुटपाथ हुनुपर्ने नेपालको कानुनमा रहेको बताउँछन् । 

हरेक सडक निर्माण गर्दा सुरुमा फुटपाथ निर्माण गर्नु पर्ने र त्यसपछि मात्र सडक निर्माण गरिनु पर्ने उनले बताए । 

सडकलाई यात्रुमैत्री बनाउन आवश्यक रहेको भन्दै उनले नेपालको सडक निर्माणमा सुधार ल्याउन आवश्यक रहेको औंल्याए । ‘सडक निर्माण गर्दा सुरुमा फुटपाथ निर्माण गर्नुपर्छ, त्यसपछि सडकको पालो आउछ तर, हाम्रो देशमा ठिक उल्टो छ,’ इन्जिनियर गजुरेलले मेरोअटोसँग भने ।

सकड विभाग अन्तर्गतको निकायको अगाडी नै फुटपाथ नहुनु लज्जास्पद भएको उनको भनाई छ । सडकमा फुटपाथ निर्माण नहुँदा पैदल यात्रु सडकमा हिड्न बाध्य हुन्छन् । जसले सवारी साधनका साथै पैदल यात्रुलाई समेत समस्यामा पार्नेगर्छ । 

प्राय धेरै दुर्घटनाहरु फुटपाथ नभएकै ठाउँमा हुने गरेको उनले बताए । सडक दुर्घटना न्यूनिकरणका लागि समेत फुटपाथको आवश्यक पर्ने उनले जानकारी दिए । 

नेपालमा कयौँ सडकहरु यस्ता रहेका छन् जहाँ फुटपाथको ठाउँमा ठूला घर तथा घरका गेटहरु रहेको छन् । जुन हटाउनका लागि हालसम्म सरकारको तर्फबाट कुनै पहल वा कदम चालिएको पाइँदैन । 


Back_to_top