२५० सीसीमा रोयल इन्फिल्ड बाइक आउँने

Not found

रोयल इन्फिल्डले सानो आकारको मोटरसाइकल निमार्ण गर्ने भएको छ । यो २५० सीसी बाइले कम्पनीको बिक्री आँकडा माथी उठाउने कम्पनीले जनाएको छ ।

कम्पनीले २५० सीसी बाइक बनाउनका लागी आर एण्ड डी सेन्टरमा अध्ययन गरिरहेको छ । यो मोटरसाइकल भारतीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत बिक्रि गर्ने कम्पनीले जनाएको छ ।

सबैको पहुँचमा रोयल इन्फिल्ड पुर्याउने कम्पनीको चाहाना रहेको कम्पनीले इकोनोमिक टाइम्सलाई बताएको छ । यसका साथै कम्पनीले स्टुडियो शोरुम समेत सार्वजनिक गरेको छ । यस्तो स्टुडियो देशको ग्रामिण भेगमा स्थापना गर्दै जाने बताएको छ । 

हालको रोयल इन्फिल्ड शोरुमको तुलनमा यो स्टुडियो शोरुम ६ गणा सानो हुने छ । कम्पनीले ३५० स्टुडियो शोरुम निर्माण गर्ने तयारी गरेको छ । साथै रेगुलर ८० डिरल थप गर्नेसमेत जनाएको छ  ।

२०१८ मा जावाले भारतीय बजारमा कमब्याक गरेपश्चात रोयल इन्फिल्डको बिक्रीमा गिरावट आइरहेको छ ।



image not found