नेपाल आयो रोयल इन्फिल्डको यो चर्चित बाइक

Not found

काठमाडौं । रोयल इन्फिल्डको नेपालको लागि आधिकारिक वितरक बिबेक अटोमोवाइल्स प्रालिले इन्टरसेप्टर ६५० नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको यो मोटरसाइकल अब नेपाल भित्रने तयारीमा रहेको हो ।

मोटरसाइकल नेपाल आउने ल्याउने प्रक्रिया पुरा भइसकेको छ भने अबको केही दिन भित्र नै इन्टरसेप्टर ६५० नेपाली बजारमा सार्वजनिक हुने कम्पनी गर्ने स्रोतले जानकारी दिएको छ । 

नेपाली बजारमा मिड साइज मोटरसाइकलको माग बढ्दै गएसँगै कम्पनीले उक्त मोटरसाइकल नेपाल ल्याएको हो । इन्टरसेप्टर ६५० सँगै कम्पनीले कन्टिनेन्टर जीटी ६५० समेत नेपालमा सार्वजनिक गर्ने जनाएको छ ।


यो रेट्रो डिजाइन मोटरसाइकलमा ६४८ सीसी दुई सिलिन्डर एयरकूल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ४७ बीएच पावर तथा ५२ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीड ट्रान्समिन जडान गरिएको छ । 

फ्रन्टमा ३२० एमएम तथा रियरमा २४० एमएमको डिस्क ब्रेकसहित डबल च्यानल एबीएस सुबिधा रहेको यस मोटरसाइकलमा १४ लिटर क्षमताको फ्यूल ट्याङक रहेको छ । मोटरसाइकलले २५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । 



image not found