यही महिना बजारमा आउँदै दुई नयाँ सस्ता कार, कसले मार्ला बाजी

Not found

विश्वमा नै कार बिक्रीमा कमी आएसँगै निर्माता कम्पनीहरुले नयाँ–नयाँ मोडल बजारमा ल्याइरहेका छन् । त्यसपछाडिको मुख्य उद्देश्य भनेको ग्राहकलाई आफुतिर आकर्षित गर्नु नै हो । 

पछिल्लो समय भारतीय बजारमा अटो बिक्रीमा ह्रास आएसँगै विभिन्न कम्पनीले एकपछि अर्को नयाँ मोडल बजारमा उतारिरहेका छन् । यद्यपी त्यसले कुनै सकारात्मक परिणाम भने ल्याउन सकेको छैन ।  

विगतलाई हेर्दासमेत अगस्ट, सेप्टेम्बर र अक्टोबरमा भारतीय बजारमा धेरै नयाँ मोडलका कारहरु सार्वजनिक हुने गरेको पाईन्छ । यसको मुख्य कारण आउँदै गरेको चाडपर्व रहेको छ । 

यस्तोमा दुई अटो निर्माता कम्पनी मारुती सुजुकी र रेनोले बजारमा ल्याउन लागेको कारका विषयमा जानकारी दिने हामीले प्रयास गरेका छौँ । यी दुबै कार एकदमै चाँडो नेपाली बजारमा समेत आउने छन् । 

मारुती सुजुकी एस–प्रेसो

मारुती सुजुकीले २० दिनपछि सेप्टेम्बर ३० मा भारतीय बजारमा सार्वजनिक गर्ने एस–प्रेसोको नेपाली बजारमा बुकिङ्ग समेत खुलिसकेको छ । यो कारको नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


फन्की फ्युचर एस अवधारणामा निर्माण भएको एस–प्रेसोमा भिटारा ब्रेजामा दिइएको जस्तै हाइ बोनेट लाइन, हेडलाइट, स्लिम ग्रिल, एङ्गुलर क्रोम प्रदान गरिएको छ । 

कम्पनीले माइक्रो एसयूभीको थीममा आधारित एलइडी डिआरएलएस लगाइएको छ भने, फ्रन्ट र रियरमा ब्ल्याक बम्पर जोडिएको छ  । सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको यो कारमा १.० लिटरको ३ सिलिण्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ ।

रेनो क्वीड फेसलिफ्ट

सेप्टेम्बर महिनामा सार्वजनिक हुने रेनो क्विडको फेसलिफ्ट भर्सनको बनोट सिटी केजेड इ इलेक्ट्रीक कारसँग मिल्दोजुल्दो रहेको छ । यसमा हाइ प्लेश स्लिक एलइडी डे टाइम रनिंग ल्याम्प, लोअर प्लेस हेडल्याम्प, नयाँ रेडिएटर ग्रिल, रिडिजाइन बम्पर स्टिल ह्वील, ब्ल्याक ओआरभिएमको बिशेषता दिइएको छ । 


यो मोडलमा ०.८ र १.० लिटर थ्रि सिलन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनमा ५ स्पीड म्यानुअल र अटोमेटिक  ट्रान्समिसन लगाइएको छ । यसको नेपाली बजारमा सुरुवाति मूल्य करिब २२ लाख रुपैयाँ हाराहारीमा रहने छ । 



image not found