बजारमा एउटै मूल्यमा दुई ब्राण्डका मोटरसाइकल, कुनमा कस्तो विशेषता

काठमाडौं । नेपालमा दुइपाँग्रे सवारी साधन अन्तर्गत मोटरसाइकलको बजार तिब्र गतिमा बिस्तार भइरहेको छ । मोटरसाइकल किन्न र चढ्न चाहने मानिसको संख्या बढेसँगै रोजाइ, इच्छा र ग्राहकको क्षमता अुनसारका मोटरसाइकल बजारमा आइरहेका छन् ।

आकर्षक बनोट, उच्च पर्फमेन्स र उत्कृष्ट मूल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । यसैबीच, हामीले बनावट,  मूल्य, इन्जिन पावर, क्षमता, विशेषतालगायतका पक्षमा निक्कै समानता रहेका होन्डा एक्स ब्लेड र टीभीएस अपाची आरटीआर फोरभी बीच तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

इन्जिन

टीभीएस १६० फोर भी मा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा जेनेरेट गर्छ । यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियर बक्स रहेको छ ।

होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३.९३ बीएच पावर र ६००० आरपीएममा १३.९ एनएम टर्क प्रदान गर्छ ।

पावरको हिसावले हेर्दा यी दुइ मोटरसाइकलमा टीभीएस अपाची १६० उत्कृष्ट रहेको छ ।

माइलेज

टीभीएस १६० फोर भीमा १२ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ । यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । होन्डा एक्स ब्लेडले प्रतिलिटर ४५ किलोमिटर माइलेज प्रदान गर्छ ।

माइलेज धेरै चाहनेको लागि हाेन्डा एक्स ब्लेड उपयूक्त छनोट हुनेछ ।

तौल र डायमेन्सन

टीभीएस अपाचे १६० फोर भीको  तौल १४३ किलोग्राम रहेको छ । यसको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम र उचाई १०५० एमएम रहेको छ । यसमा १३५७ एमएमको ह्वीलवेश लगाइएको छ भने, १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०० एमएम रहेको छ ।

होन्डा एक्स–ब्लेडको तौल १४० किलोग्राम रहेको छ । यसको लम्बाई २०१३ एमएम, चौडाई ७८६ एमएम र उचाई १०१५ एमएम रहेको छ । यसमा १३४७ एमएमको ह्वीलवेश दिइएको छ भने, १६० एमएमको  ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

चेसिस, सस्पेन्सन, ब्रेक र टायर

टीभीएस अपाचे आरटीआर १६० फोर भीमा डबल क्रेडल स्प्लिट स्क्रान्को स्टिफ चेसिस दिइएको छ भने अन्य दुई मोटरसाइकलमा डायमन्ड चेसिस लगाइएको छ । दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक सस्पेन्सन दिइएको छ ।

 

होन्डा एक्स ब्लेडको रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । टीभीएस १६० फोर भीको रियरमा २०० एमएमको डिस्क तथा फ्रन्टमा २७० एमएम डिस्क ब्रेक रहेको छ । होन्डा एक्स–ब्लेडको  फ्रन्टमा २७६ एमएमकाे डिस्क ब्रेक रहेको छ । दुबै मोटरसाइकलमा १७ इन्च आलोय ह्वील  लगाइएको छ ।

विशेषता

टीभीएस १६० फोर भीमा  रेसिंग डबल ब्यारल एक्जस्ट, रोटो पेटल डिस्क ब्रेक, फुल्ली डिजीटल स्पीडोमिटर, फोम इन प्लेस सिट, अग्रेशिप ट्यांक कावल, अग्रेशिप हेडल्याम्प, इन्जिन कावलको जस्ता विशेषता दिइएको छ । हाेन्डा एक्स ब्लेडमा यी विशेषता दिइएको छैन ।

त्यस्तै, यस्तै दुबै मोटरसाइकलमा डिजिटल स्पीडोमिटर र टेकोमिटर, ट्रिपमिटर, पिलन ग्राबेल, पिलन सिट, फ्युल गज, एलइडी हेडलाइट, एलइडी टेललाइटको विशेषता दिइएको छ ।

मूल्य

नेपाली बजारमा टीभीएस अपाची १६० फोर भी र हाेन्डा एक्स ब्लेडको मूल्य समान २ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top