सस्तो स्क्राम्बलर मोटरसाइकल ‘स्कोमादी’, यस्तो छ मूल्य

Not found

काठमाडौं । नेपाली बजारमा स्कोमादी स्क्राम्बलर १५० मोटरसाइकल बिक्री भइरहेको मध्ये सबैभन्दा सस्तो स्क्रायम्बलर मोटरसाइकल हो । आभास इन्टरनेशनले नेपाली बजारमा बिक्री गर्दै आएको १५० सीसी क्षमताको यो बाइक स्क्राम्बलर डिजाइनमा निर्माण भएको मोडल हो ।

यसमा उपलब्ध सिंगल सिलिन्डर एयर कुल्ड फोर भल्भ इन्जिनले ७ हजार ५ सय आरपीएममा ९ किलोवाट पावरका साथै ५ हजार ५ सय आरपीएममा ११.६ एनएम टर्क उत्पादन गर्छ । 

यो मोटरसाइकलमा प्याडेड सिट र एक्जस्टको विशेषता दिइएको छ ।फ्रन्टमा यूएसडी फर्क तथा रियरमा डबल स्वीङ आर्म सस्पेन्सन दिइएको यो मोटरसाइकलमा १३ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ ।

अफरोड राइडिंङलाई आधारमान्दै बाइकमा उच्च ग्राउन्ड क्लियरेन्सको विशेषता दिइएको छ । यसमा १६० एमएमको ग्राउन्ड क्ल्यिरेन्सका साथै अफरोड ह्वील रहेको छ ।

आकर्षक एलइडी हेडलाइटको फिचर भएको यस बाइकमा लाइटवेट कम्पोनेन्टको विशेषता दिइएको छ । यात्रालाई सहज बनाउनको लागि वाइड ह्यान्डलबार लगाइएको छ भने यसमा उपलब्ध टायरले अफरोड ड्राइभिङलाई सुरक्षीत र सहज बनाउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो बाइकको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकिएको छ । भिन्टेज लुकमा निर्माण भएको यो बाइकले उच्च टपस्पीड क्षमता, माइलेज तथा पर्फमेन्स दिने कम्पनीले दाबी छ ।

पछिल्लो समय नेपाली बजारमा नयाँ डिजाइनका बाइक भित्रिरहेका छन् । त्यसमा पनि, स्क्राम्बलर लुक्सका बाइक नेपाली युवापुस्ताले निक्कै रुचाउने गर्छन । चुजी ग्राहकलाई ध्यानमा राख्दै नेपाल भित्रिएको यो मोडलले राम्रो बजार पाउने कम्पनीको अपेक्षा छ । 



image not found