सरकारले ३०० इलेक्ट्रीक बस किन्न साझालाई दियो ३ अर्ब

Not found

काठमाडौं । सरकारले किन्ने भनेको ३ सयवटा इलेक्ट्रीक बस किन्ने जिम्मा साझा यातायातले पाएको छ । यसका लागि सरकारले ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराई सकेको छ ।

सरकार आफैंले ३ सय इलेक्ट्रीक बस किने सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उक्त बस किनेर सञ्चालन गर्न सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको हो ।

यसअघि प्राधिकरण गठन गरी प्राधिकरण वा यातायात व्यवस्था विभाग मार्फत नै ३ सय इलेक्ट्रीक बस खरिद गरि चलाउने योजना सरकारले बनाएको थियो । मन्त्रिपरिषद् बैठकले नै साझालाई इलेक्ट्रीक बस खरिद गरि सञ्चालन गर्ने जिम्मा लगाएको हो ।

साझा यातायातलाई सरकारले बसको स्पेसिफिकेसन समेत तोकेर दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दियो । अन्य प्रक्रियाबाट दिन नमिल्ने भएपनि सरकारले साझालाई मन्त्रिपरिषद् निर्णय गरि उक्त रकम उपलब्ध गराइएको स्रोतको भनाई छ ।

साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेयले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भएको बताए । ‘सरकारले दिएको ३ अर्ब रुपैयाँ हाम्रो खातामा आइसकेको छ,’ पाण्डेयले भने, ‘भोली बिहीबार सरकारले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भनेको छ ।’ 



image not found