साझा यातायात अब धुलिखेलसम्म जाने

काठमाडौं । साझा यातायातले कोटेश्वरदेखि बनेपासम्मको सेवा सुरु गरेको छ।

साझाले आज अपह्रान्ह करिव १२ बजेबाट सेवा सुरु गरेको र एउटा गाडी बनेपा पुगिसकेको साझा यातायातका लेखा अधिकृत गोपाल प्रसाद पन्तले जानकारी दिए।

मयूर यातायातलाई धुलिखेलसम्मको रुट इजाजत दिएको विरोधमा कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधरणले दुःख पाइरहेको अवस्थामा साझाले यो निणर्य गरेको जनाएको छ।

यातायात व्यवस्था विभागको आग्रहमा यस भन्दा पहिला स्वयम्भुबाट सुर्यविनायक चलिरहेको १६ वटा गाडीलाई त्यो रुटमा चलाइएको पन्तले जानकारी दिए।

त्यस्तै साझाले स्वयम्भुबाटै धुलिखेल सम्मको २० वटा गाडी चलाउने गरि रुट लिने तयारी गरिरहेको उनले बताए।

‘साझाको धुलिखेलसम्म जाने योजना नै थियो, ४ महिनापछी २० वटा गाडी आउदै पनि छन्, अहिले आपतकालिन समय भएकोले हामीले सेवा सुरु गरेका हौं’ उनले भने।

अब यो रुटमा दैनिक साझाका गाडी चल्ने उनले जानकारी लिए। ‘आपतको समयमा सार्वसाधरणलाई साझा यातायातको आशा हुन्छ, त्यो आशा र भरोसा हामी टुट्न दिदैनौं’ उनले भने।


Back_to_top