सिप्रदी ट्रेडिङ्ग र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौंता

Not found

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौंता भएको छ । सिप्रदी र बैंक बीच सो सम्बन्धी सम्झौंता पत्रमा हस्ताक्षर भएको हो । 

पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदीबीचको सम्झौंताले गाडी किन्ने ग्राहकलाई सहज फाइनान्सको व्यवस्था गर्न सजिलो हुने जनाइएको छ । साँग्रिला बैंकले भने नाडा अटो शो २०१९ मा आफ्नो स्टलनै राखेर कर्जा प्रबाह गर्ने तयारी गरिरहेको छ । 



image not found