१६ लाख रुपैयाँभन्दा कम मूल्यको इलेक्ट्रीक कार बनाउँदै हुन्डाई

हुन्डाई मोटर इन्डियाले भारतीय बजारमा १० लाख भारु (१६ लाख नेपाली रुपैयाँ) भन्दा कम मूल्यको इलेक्ट्रीक कार निर्माणमा २० अर्व भारतीय रुपैयाँ खर्च गर्न लागेको टाइम्स अफ इन्डियाले केही समयअघि रिपोर्ट सार्वजनिक गरेको थियो ।  

उक्त गाडी कुन हुने भन्ने विषयमा रिपोर्टमा उल्लेख नगरिएपनि मिनि एसयूभी वा प्रिमियम ह्याचव्याक कारलाई कम्पनीले इलेक्ट्रीकमा ल्याउन लागिएको दाबी गरिएको छ ।

भारतीय बजारमा उत्पादन हुने ति इलेक्ट्रीक कार कम्पनीले मिडिल इष्ट, ल्याटिन अमेरिका, अफ्रिका र अन्य एसियाली देशहरुमा निर्यात गर्ने प्लान कम्पनीले बनाई रहेको मिडियाले दाबी गरेको छ । 

भारत सरकारले इलेक्ट्रीक सवारीसाधनको प्रयोगलाई बढवा दिएर अगाडि बढी रहेकाले कम्पनीले भारतमा इलेक्ट्रीक प्लान्ट स्थापनाको तयारी गरेको दाबी गरिएको छ ।

कम्पनीले इलेक्ट्रीक कारको लागि आवस्यक व्याट्री भारतमा नै बनाउने गरि काम गरिरहेको छ । तर, कम्पनीले मारुती सुजुकी र टोयोटा एलायन्सले गुजरात प्लान्टमा कसरी काम गरिरहेको छ, त्यसलाई नजिकबाट नियाली रहेको दाबी गरेको छ ।

हुन्डाई इन्डियाका प्रबन्ध निर्देशक एसएस किमका अनुसार भारतीय बजारमा व्याट्री उत्पादनको लागि कम्पनीले कोरियन कम्पनी एलजी, सामसुङ एसडीआई, एसके इनोभेशन र केही चिनियाँ कम्पनीहरुसँग कुरा गरिरहेको छ । 

कम्पनीले कस्तो कार बनाउने भन्ने विषयमा बिभिन्न चरणको सर्वे गरेको र उक्त सर्वेले २०० किलोमिटर भन्दा माथिको रेञ्ज र १० लाख रुपैयाँभन्दा सस्तो इलेक्ट्रीक कार हुन पर्ने तथ्य फेला परेको जनाएको छ ।

कम्पनीले आफ्नो सर्वाधिक सफल आई १० वा आई २० लाई इलेक्ट्रीक सर्भनमा ल्याउन सक्ने अनुमान गरिएको छ । 


Back_to_top