५६ करोड खर्चेर १८ लाख स्मार्ट लाइसेन्स र १ थान मास प्रिन्टर खरिद गरिँदै

काटमाठौं । सरकारले स्मार्ट कार्ड सहज रुपमा उपलब्ध गराउन मास प्रिन्टर र १८ लाख स्मार्ट कार्ड खरिद प्रक्रिया अघि बढाएको छ । त्यसका लागि सरकारले ५६ करोड रुपैयाँ बजेट उपलब्ध गराएको यातायात व्यवस्था विभागले जनाएको छ । 

२०७२ मंसिरदेखि यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने भन्दै सरकारले स्मार्ट कार्ड लाइसेन्स वितरण गर्दै आएको छ । हाल देशभर पुरानो कागजी लाइसेन्स विस्थापित गरि स्मार्ट लाइसेन्स लागु गरेको हो । 

त्यसयता लाइसेन्स पाउन ट्रायल पास गरेर बसेका उपभोक्ताले स्मार्ट लाइसेन्स पाउन १ वर्ष भन्दा बढी कुर्नुपर्ने अवस्था रहेको थियो । अहिले पनि विभागले ४ लाख भन्दा उपभोक्ताले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । 

भौतिक पूर्वाधार तथा याताया मन्त्रालयले संसदको विकास समितिमा यातायात क्षेत्रको अवस्था बारे जानकारी गराउँदै यस्तो बताएको हो । १ थान स्मार्ट कार्ड प्रिन्टिर र १८ लाख स्मार्ट कार्ड खरिद प्रक्रिया समयमै भए अब दीर्घकालिन रुपमै स्मार्ट लाइसेन्सको समस्या समाधान हुने दाबी मन्त्रालयको छ ।   


Back_to_top