स्याङयोङको गाडी बिक्री निराशाजनक, १० महिनामा बिक्याे ४ यूनिट

Not found

काठमाडौं । कोरियाली प्रिमियम एसयूभी गाडी उत्पादक कम्पनी स्याङयोङको बिक्री नेपाली बजारमा निरासाजनक देखिएको छ । २०७५ साउनदेखि २०७६ बैशाखसम्मको १० महिनाको अवधिमा स्याङयोङका जम्मा ४ वटा मात्र गाडी बिक्री भएका छन् । 

नेपाली बजारमा स्याङयोका गाडी आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले बिक्री गर्दैै आएको छ । विगतमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको कन्सट्यान्ट विजनेश ग्रुपले स्याङयोङका गाडी बिक्री गर्दै आएको थियो । 

आएएमएसले करिब ३/४ वर्ष अघि स्याङयोङका गाडी बिक्री सुरु गरेको थियो । प्रिमियम एसयूभी सेगमेन्टका गाडी भएपनि स्याङयोङका गाडीले भने बजार लिन सकेको देखिँदैन । कम्पनीले उत्साहपूर्वक कन्सट्यान्ट विजनेश ग्रुपबाट स्याङयोङको डिलरशिप लिएको थियो । 

तर २०७५ साउनदेखि २०७६ बैशाखसम्मको तथ्यांक हेर्दा स्याङयोङ दुईवटा रेक्स्टन र दुईवटा टिभोली गरि जम्मा ४ वटामात्र गाडी बिक्री भएको छ । यो अवधिमा ३ सय ४१ वटाभन्दा बढी प्रिमियम एसयूभी बिक्री हुँदा स्याङयोङका प्रिमियम एसयूभीको उपस्थिति शून्यप्रायः रहेको हो । 

नेपाली बजारमा स्याङयोङका रेक्स्टन, टिभोली, एक्सएलभीलगायत मोडल उपलब्ध रहेको छ । प्रिमयम एसयूभी सेग्मेन्टमा नेपाली बजारमा निक्कै धेरै प्रतिस्पर्धा रहेको छ । यो सेगमेन्टमा १५ वटाभन्दा बढी ब्रान्डबीच प्रतिस्पर्धा देखिएको छ । 



image not found