फुल चार्जमा ९० किलोमिटर गुड्ने इलेक्ट्रीक स्कुटर, यस्तो छ विशेषता

Not found

इलेक्ट्रीक टू ह्वीकल निर्माता स्टार्टअप कम्पनीले फुल चार्जमा ९० किलोमिटर सम्म रेन्ज प्रदान गर्ने इलेक्ट्रीक स्कुटर ब्याट्री भारतीय बजारमा ल्याएको छ । स्कुटरको मूल्य ६३ हजार ५५५ भारु तोकिएको छ । पाँच वटा कलरमा उपब्लध स्कुटरमा राउन्ड एप्रोन, एलइडी हेडलाइट, टेल ल्याम्प, एलइडी इन्डिकेडर्स दिइएको छ ।

राउन्ड हेडल्याम्प, ब्लाक फ्लाइ स्क्रिन, डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल, किलेस इग्निशन, एन्टी थेफ्ट अलार्म सिस्टम, यूएसबी चार्जर जस्ता विशेषता दिइएको छ । यसका इन्स्ट्रुमेन्ट कन्सोल एलसीडी लगाइएको छ भने फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइएको छ । 

यसले स्पीड, तापक्रम लगायतको जानकारी दिने गर्छ । प्रयोगकर्ताको सहजाताको लागि स्कुटरको फ्रन्ट एप्रोनमा ब्याटल होल्डर दिइएको छ भने सिटमुनि अतिरिक्त स्टोरेज लगाइएको छ । स्कुटरमा १० इन्च अलोय ह्वील र ट्युबलेस टायर दिइएको छ । १५० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको यस स्कुटरको टप स्पीड क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । 

यसमा ४८ मी, ३० एएच लिथियम आयान ब्याट्री लगाइएको छ । यसको ब्याट्रीको तौल १२ किलोग्राम रहेको छ भने स्कुटरको तौल  ६४ किलोग्राम रहेको कम्पनीले जनाएको छ । 



image not found