कम्प्याक्ट एसयूभीमा इकोस्पोर्ट र नेक्सनको ‘नेक टू नेक फाइट’ कुन कति बिक्यो

काठमाडौं । स्पोर्टस युटिलिटी भेइकल (एसयूभी) सेगमेन्टका सवारी महँगो हुने भएकाले यही सेगमेन्टका सवारी किन्न चाहने उपभोक्तालाई लक्षित गर्दै सवारी उत्पादकले क्रसओभर/कम्प्याक्ट एसयूभी उत्पादन गरे । एसयूभी सवारीको प्लेटफर्ममा एसयूभीका केही विशेषतासहित कम्प्याक्ट एसयूभी सवारीको बिक्री हुँदै आएको छ । 

पछिल्लो समय कम्प्याक्ट एसयूभी सेगमेन्टका सवारीको बिक्री उल्लेख्य रुपमा बढ्दै गइरहेको छ । नेपाली बजारमा पनि यो सेगमेन्टका विभिन्न कम्पनीका सवारी उपलब्ध रहेका छन् । 

२०७५ साउनदेखि ०७६ बैशाखसम्मको १० महिनाको अवधिमा नेपाली बजारमा उपलब्ध कम्प्याक्ट एसयूभी मध्ये सबैभन्दा धेरै मारुती सुजुकीको भिटारा ब्रेजार रहेको छ । यो अवधिमा ७ सय ९९ वटा ब्रेजा बिक्री भएको तथ्यांक छ । 

कम्प्यान्ट एसयूभी सेगमेन्टमा नेपाली बजारमा छिट्टै महिन्द्रा एक्सयूभी–३०० र हुन्डाई भेन्यू प्रवेश गर्दै छन् । 

यो सेगमेन्टमा मारुती सुजुकी भिटारा ब्रेजाको बजार हिस्सा ४७ प्रतिशत रहेको छ । मारुती सुजुकी पछि दोस्रो धेरै बिक्री हुने कम्प्याक्ट एसयूभीमा फोर्डको इकोस्पोर्ट रहेको छ । १० महिनामा इकोस्पोर्ट ४ सय १५ वटा बिक्री भई २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । फोर्ड इकोस्पोर्टलाई टाटाको नेक्सनले कडा टक्कर दिएको छ ।

 

१० महिनामा टाटा नेक्सन ४ सय ७ वटा बिक्री भएको छ । यो सेगमेन्टमा नेक्सनको बजार हिस्सा २४ प्रतिशत रहेको छ । 

यो सेगमेन्टमा टाटा नेक्सन पच्छ्याएको महिन्द्रा टीयूभी–३०० मात्र ४६ यूनिट बिक्री भएको छ । टीयूभी–३०० को बजार हिस्सा ३ प्रतिशत रहेको छ । त्यस्तै कम्प्याक्ट एसयूभी सेगमेन्टमा होन्डाको डब्लूआर–भी १९ वटा मात्र बिक्री भएको छ । डब्लूआर–भीको बजार हिस्सा १ प्रतिशतमा सीमित रहेको छ । 

कम्प्यान्ट एसयूभी सेगमेन्टमा नेपाली बजारमा छिट्टै महिन्द्रा एक्सयूभी–३०० र हुन्डाई भेन्यू प्रवेश गर्दै छन् । भारतीय बजारमा यी सवारीले आफ्नो उपस्थिति मजबुत बनाएजस्तै नेपालमा पनि दमदार प्रबेश गरेमा यो तथ्यांकमा ठूलै परिवर्तन हुने देखिन्छ । 


Back_to_top