नयाँ प्ल्याटफर्ममा बनेको सुबरु फोष्टर नेपालमा, यस्तो छ मूल्य

Not found

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुबरुको आधिकारिक बितरक भिजे अटोमोबाइल्स प्रालिले नयाँ जेनेरेशन फोष्टर नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले आफ्नो नयाँ सुबरु ग्लोवल प्ल्याटफर्म (एसजीपी) मा बनेको फोस्टर नेपाली बजारमा सार्वजनिक गरेको हो । फुल लोडेड मोडलको मूल्य १ करोड ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ । साथै, स्टायडर्ड भेरियन्टको मूल्य १ करोड १० लाख रुपैयाँ रहेको छ भने मिड भेरियन्टको मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले फुल लोडेड भेरियन्ट २.० आई एल, स्टायडर्ड भेरियन्ट २.० र मिड भेरियन्टमा २.० आईगरि तीन भेरियन्ट बिक्री गरिरहेको छ । फोष्टर विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ । 

कम्पनीले ल्याएको नयाँ फोष्टरमा २४९८ सीसी होरिजेन्टली अपोज फोर स्ट्रोक डिओएचसी बक्सर इन्जिन लगाइएको छ । यो इन्जिनले ५८ सय आरपीएममा १२९ बीएच पावरका साथै ४ हजार आरपीएममा २३५ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । 


फोष्टर एसयूभीमा २१३ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ भने, भेरियन्ट अनुरुप फरक तर आकर्षक विशेषता समेटिएका छन् । अल ह्वील ड्राइभको विशेषता बोकेको पाँच सिटर फोष्टरमा एलइडी हेडल्याम्प, फ्रन्ट फग ल्याम्प, रियर फग ल्याम्प, रुफ रेल्स, फ्रन्ट स्पोर्ट वाइपरको विशेषता रहेको छ । 

सुरक्षाको लागि तीन वटै भेरियन्टमा चार ओटा एयरब्याग, सिटबेल्ट रिमाइन्डर, चार सेन्सर, चार च्यानल एबिएस, चाइल्ड प्रुफ रियर डोर लकिङको विशेषता दिइएको छ ।

यस्तै, अन्य फिचरमा पावर विन्डो, कार्गाे हुक, क्रुज कन्ट्रोल, ६.२ इन्च अडियो सिस्टम, हिल असिष्ट, फ्रन्ट एन्ड साइड डिफोष्टर, स्प्लिट फोल्डिङ रियर सिट, भोइस रिकोनाइजेशन सिस्टम, टिल्ट एडजस्टेबल लगायतका विभिन्न विशेषता दिइएको छ । 

आकर्षक पावरट्रेन तथा लुक्समा तयार भएको फिचर लोडेड फोष्टरले राम्रो बजार पाउने कम्पनीले अपेक्षा गरेको छ ।



image not found