सुन्दर यातायातको चार्जिङ स्टेसन सञ्चालनमा, २३ गतेबाट चल्ने बसले ३ दिन भाडा नलिने

Not found

काठमाडौं । सुन्दर यातायातले आजबाट विद्युतीय सवारीको लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ऊर्जा सचिब दिनेशकुमार घिमिरेले काठमाडौंको भत्केको पुलमा चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् । 

आज एक कार्यक्रमको बीच काठमाडौंको भत्केको पुलमा रहेको वर्कसपमा चार्जिङ स्टेशन संचालनमा ल्याइएको हो । अन्य स्थानका सुकेधार र सितापाइलामा पनि छिट्टै चार्जिङ स्टेसन सञ्चालन गर्ने सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले जानकारी दिए । 

सुन्दर यातायातले यही भदौ २३ गते भृकुटीमण्डमा  विद्युतीय बस प्रदर्शन गर्ने र सञ्चालनमा ल्याउने जनाएको छ । सुन्दरले हाल ७ वटा बस तयारीको अवस्थामा राखेको छ । उनका अनुसार विद्युतीय बस सञ्चालनको सुरुको ३ दिन निःशूल्क यात्रु सेवा प्रदान गरिने  छ । 

सो बस सञ्चालन सफल भएपछि सुन्दर यातायातले ११ करोड रुपैयाँ लगानीमा २० वटा विद्युतीय बस ल्याउने योजना बनाएको छ । 



image not found