सुन्दर यातायातका बस आजबाट औपचारिक संचालनमा, ३ दिन निःशुल्क चढ्न पाइने

Not found

काठमाडौं । सुन्दर यातायात प्रालिले आज एक कार्यक्रमको बीच इलेक्ट्रीक बस संचालन शुभारम्भ गरेको छ । कम्पनीले काठमाडौंको पुलिस क्लबमा एक कार्यक्रम आयोजनागरि आजबाट २ वटा बस संचालनमा ल्याएको हो ।

उक्त बसको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली, सरकारका विभिन्न मन्त्रालयका सचिव, दुबै प्रहरी निकायका प्रमुख र अटो क्षेत्रमा आवद्ध धेरै व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वातावरणीय हिसावले उत्कृष्ट र हाम्रो आफ्नै इन्धनबाट संचालन हुने हुँदा यसको फाइदा नेपालले लिने बेला आएको बताएका थिए ।

सुन्दर यातायात छिट्टै ५० वटा बस ल्याएर प्रदेश १, ३ र ५ मा संचालन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।



image not found