बिस दिनपछि रिङरोडमा ७ वटा इलेक्ट्रीक बस चल्ने, चार स्थानमा चार्जिङ स्टेशन बन्दै

Not found


काठमाडौं । सुन्दर यातायातले चार्जिङ स्टेसन सञ्चालनका लागि यातायात विभागबाट सिफारिस पाएको छ । विभागले चार्जिङ स्टेसनका लागि हिजो मंगलबार सिफारिस पाएको हो । चार्जिङ स्टेशन निर्माणसँगै कम्पनीले ७ वटा इलेक्ट्रीक बस संचालमा ल्याउने भएको हो ।

यससँगै साे कम्पनीले एकै पटक ४ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको छ । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाका अनुसार कम्पनीले अब चाँडै नै ४ स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने छ । 

उनले सुकेधारमा २ वटा, सितापाइला र कालोपुलमा गरि जम्मा ४ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । 

विद्युतीय सवारी सञ्चालनका लागि विद्युत प्राधिकरणसँग सम्झौता भइसकेको र प्रविधिक काम बाँकी रहेकोले केही समय पछि ति चार्जिङ स्टेशन संचालनमा आउने थापाले दाबी गरे । 

‘चार्जिङ स्टेसन हाम्रो बन्दैछ, चाँडै सञ्चालनमा ल्याउने छौँ, एकै चोटी ४ वटा चार्जिङ स्टेसन चलाउने तयारीमा छाँै,’ थापाले मेरोअटोसँग भने । 

सुन्दरका चार्जिङ स्टेसनले ४० मिनेटमा विद्युतीय बस फुल चार्ज गर्ने उनको दाबी छ । उनले २ वटा विद्युतीय बस सञ्चालनको तयारी अवस्थामा रहेको समेत जानकारी दिए । 

‘२ वटा बस संचालनको तयारीमा छ, ५ वटा विद्युतीय बस चीनबाट नेपालका लागि छुटिसकेको छ’ थापाले भने । 

उनका अनुसार अबको १५ देखि २० दिन भित्र ५ वटा बस नेपाल आइपुग्ने छ । उक्त बसहरु ल्याएकै भोली पल्टबाट ७ वटा बस एक साथ सञ्चालनमा ल्याउने कम्पनीले योजना बनाएको छ । 

७ वटा बस संचालनमा आएसँगै थप २० वटा विद्युतीय बस ल्याउने योजना कम्पनीले बनाएको छ । यि सबै विद्युतीय बसहरु सुन्दर यातायातले रिङरोडमा गुडाउने छ । 

सुन्दरले ४० सिट क्षमतासम्मका बस नेपाल ल्याउन लागेको हो । कम्पनीले फरक –फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ । यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटर लम्बाईका बस हुने छन् । 



image not found