सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

Not found

काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा  सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत ल्याएको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्दा ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार नगद छुटसमेत प्राप्त गर्नेछन् । कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी रहेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्ष सम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास रुटीन अनुसार पर्नेछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रुपैयाँ रहेको ५ । यो अफरमा ग्राहकले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।

७ सय ९३ सिसिको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यो इन्जिनले ३२.६३ विएच पावर तथा ७५ एनएम टर्क जेनेरेट गर्छ । एआरएआइका अनुसार यस गाडीले २२.०७ किलोमीटर प्रतिलिटर माइलेज प्रदान गर्छ । यसले ८० किलोमिटर प्रति घण्टाको दुरी तय गर्ने कुरामा कम्पनीको दावीसमेत गरेको छ । 

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षमता रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । यसमा १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टिपर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदिसुपर क्यारीका विशेषताहरु हुन् ।




image not found